पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दु’र्घटना

समाचार
SHARE

धादिङ, मंसिर २ गते । पृथ्वीराजमार्ग स्थित धादिङको थाँक्रे सिम्लेमा बस दु’र्घटना हुँदा सात जना घा’इते भएका छन् ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख ९६४६ नम्बरको बस आज बिहान पौने २ बजे सिम्लेमा आफै अनियन्त्रित भै दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । घा’इतेहरुलाइ उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । बसका बस चालक फरार रहेका छन् ।

दु’र्घटनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर दु’र्घटनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर

त्यस्तै हिन्दु नेपालीहरुको दोस्रो महानचाड तिहारमा एक मुस्लिम महिलाले हिन्दु धर्मावलम्बी पुरुषलाई भाइटीका लगाइदिएकी छन् । नातामा उनीहरुले एकअर्कालाई दिदीभाई मानेका छन् । सोही नाताकै कारण मुस्लिम दिदीले हिन्दु भाईलाई भाइटीका लगाई दिएकी हुन् । बाँकेको नेपालगञ्ज उपमहागरपालिका वडा नम्बर २ घरबारी टोल निवासी कस्मीरा खातुनले हिन्दु धर्म मान्ने भाईलाई तिहारको भाईटीका लगाइदिएर धार्मिक सहिष्णुताको अनुपम उदाहरण पेश गरेकी हुन।

यस पटकको तिहारमा कस्मीरा खातुनसंग टिका थाप्ने भाग्यमानी भाइ हुन, डोटी घर भै हाल बाँकेमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक यादव महरा । महरा हाल प्रहरी तालिमकेन्द्र, नेपालगञ्जमा कार्यरत छन । बाँके जिल्लामा सफल उद्यमीका रुपमा स्थापित खातुनका अनुसार शुरुमा भाई महरालाई मात्रै टीका लगाइदिने निर्णय गरेकी थिइन । तर उनका श्रीमान समसुद्धिन मियाँको सल्लाहमा आफुले पनि भाइ महराको हाताबट टीका लगाइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *