पहिला पार्टी फु’टेको घोषणा गर्दिनुस, अनि सरसल्ला गरौँ : देउवा

राजनीति
SHARE

काठमाडौँ– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि गरेको आग्रहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रष्ट जवाफ नदिएको पाइएको छ। सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि ओलीले शनिबार बालुवाटारमा छलफल गरेका थिए।छलफलमा ओलीले कांग्रेसलाई खु्शी बनाएर सरकार सहभागी गराउने प्रस्ताव गरे पनि देउवाले तत्कालै सरकारमा जाने आशय प्रकट नगरेको स्रोतको दाबी छ। छलफलपछि देउवाले निकट नेताहरुसँग कांग्रेसलाई अहिले प्रतिपक्षमै बस्ने म्याण्डेट प्राप्त भएको र नेकपा फुटे सत्ता सहकार्यका लागि छलफल गर्न सकिने जवाफ दिएको ब्रिफिङ गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

उनी निकट एक नेताले देश सञ्चारसँग भने, ‘उहाँले जनताले पार्टीलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएको बताउनुभएछ। यदि नेकपा फु’ट्यो भने छलफल गर्न सकिने जवाफ दिनुभएको छ।’

यसअघि गत असारमा पनि नेकपा विवाद उत्कर्षमा पुग्दा ओलीले देउवालाई बोलाएर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावलाई नेकपाका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गलाउने रणनीतिका रुपमा विश्लेषण गरेका छन्। शनिबारको भेटमा ओलीले देउवालाई आठवटा मन्त्रालय लिन आग्रह गरेका छन्।ओलीले प्रस्ताव गरेको बाहिरिएसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पाँच वर्ष सरकारमा सहभागी नहुने प्रष्टीकरण दिएका छन्। प्रष्ट जवाफ नदिई बालुवाटारबाट देउवा बाहिरिए पनि आइतबार प्रवक्ता शर्माले ट्वीटमार्फत सरकारमा नजाने बताएका हुन्।

उनले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘भ्रम कोही कसैलाई केही छ भने पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अत कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं। नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृ’ष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं।’

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लु’ट भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरिन् । पार्टीले सरकारले कोभिड स’ङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौ’नजन्य हिंसाबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकामाथि ब’लात्कारका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा एक हजार ३९३ बालिका ब’लात्कारबाट पीडित भएको देखिएको छ । त्यसमध्ये २५ बालिका सामूहिक ब’लात्कारको शिकार भएका छन् । दश वर्षमुनिका २७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालकसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको थियो ।

बालबालिकामाथि हुने हिंसा, ब’लात्कार, यौ’न तथा श्रम शोषणका घटना हुन नदिन र दोषीलाई कारबाही गर्न पनि पार्टीले माग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *