Breaking…..प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

राजनीति समाचार
SHARE

कानुन व्यवसायीहरु तथा पूर्व प्रहरी अधिकारीहरुसमेत रहेका नागरिकहरुको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै ट्रान्सपरेन्सी इन्टरनेसनल जस्तो अन्तराष्ट्रिय संस्थाले प्रधानमन्त्री नै भ्रष्टाचारमा लागेको तथ्य सार्वजनिक गरेको अवस्थामा प्रधानमन्त्री ओलीले पदमा बसिरहनु औचित्यपूर्ण नहुने उल्लेख गरेका हुन्।

यसै हप्ता ट्रान्सपरेन्सीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा एसियाली मुलुकमध्ये नेपालमा सवैभन्दा वढी भ्रष्टाचार हुने गरेको ठहर गरेको थियो।प्रतिवेदनमा नेपालका ५० प्रतिशत जनताले राष्ट्रपति र प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न हुने दाबी गरेको उल्लेख छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले पदमा बसिरहने नैतिकता गुमाएको उनीहरुको ठहर छ।विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ।’

ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहने हो भने नेपालको अवस्था झन जटिल बन्ने नागरिक अगुवाले दाबी गरेका छन्। उनीहरुले ओलीले राजनीतिक वैधता गुमाइसकेको अवस्थामा संवैधानिक वैधताले मात्र सत्ता टिकाउन नसक्ने कुरा ख्याल गरिनु पर्ने बताएका छन्।‘विद्यमान विषम परिस्थिति अझ जटिलतातर्फ उन्मुख भै त्यसको सिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै, हाल विद्यमान विषम परिस्थितिका सम्बन्धमा सवै क्षेत्रका नागरिक समाज, वुद्धिजीवी तथा आम जनताले समेत व्यापक रुपमा विचार विमर्स गरी संवैधानिक मूल्य मान्यता बमोजिमको निकासका लागि आआफ्नो क्षेत्रबाट पहल गर्न समेत हामी अपिल गर्दछांै।’

हस्ताक्षरकर्ता अधिवक्ता एवं ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्ष श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरे, पूर्वप्रहरी एवं नागरिक अभियन्ता रमेशप्रसाद खरेल, अधिवक्ताहरु इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र पूर्वसभापति, एम्नेष्टी इन्टरनेसनलका पूर्व अध्यक्ष राजन कुइकेल रहेका छन्।यसअघि बिहीबार आफूलाई नागरिक अगुवा भर्ने अर्को समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनु राजनीतिक स्थिरताविरुद्ध हुने भएको पार्टीले माग्दैमा राजीनामा दिन नहुने बताएका थिए।

यी ६ कारणले पाका पुरुषसँग बिहे गर्न चाहान्छन् युवती !
महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर धेरै महिला पाको पुरुष लाइ मन पराउने गर्दछन ।हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । एक अध्ययनले यस्तो देखाएको छ ।

१. सुरक्षित:: केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२. समझदारी :: महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।

३. दुनियाँको ज्ञान :: पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४. शान्ति महसुस् :: महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् ।

५. धोका नदिने :: कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।

६. अनुभवी :: महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *