नेपाल टेलिकमले ल्यायो राउटर यूपीएस बिजुली नहुँदा पनि चल्नेछ इन्टरनेट !सबैको जानकारीको लागी सक्दो शेयर गरौं

समाचार
SHARE

काठमाडौँ मङ्सिर १२ गते । नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरता दिनसक्ने टेलिकमले जनाएको छ ।

एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत् उपलब्ध भएको समयमा आफैँ चार्ज हुन्छ र विद्युत् नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।  कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडप्टर उपयुक्त हुने कम्पनीले जनाएको छ ।

यस्तो सानो खालको राउटर यूपीएस वा एडप्टरसमेत सहज रूपमा उपलब्ध भएको हुनाले ग्राहकले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्न टेलिकमले सुझाएको छ । कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडप्टर उपयुक्त हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा राप्रपासँगै नेकपा र कांग्रेसका समर्थक सडकमा

जनआन्दोलनको झ’ल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल र्याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा र्यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । र्यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे ।

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत र्यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने ।

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको र्यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि र्यालीले गरेको छ,’ कार्कीले भने । प्रहरीको रिपोर्ट भने र्यालीमा दुई हजारदेखि २२ सयसम्मको सहभागिता रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुपशमशेर जबराले र्यालीको पूर्वजानकारी दिइएको बताए ।र्यालीको तयारीमा राप्रपाका केन्द्रीय सदस्यहरू छत्र शाही, ललित नेगीसहित स्थानीय नेता–कार्यकर्ता जुटेका थिए । संंयोजक कार्की आफैँ पनि राप्रपानिकट युवा मोर्चाका प्रदेश अध्यक्ष हुन् । तर, स्वतन्त्र नागरिक र अरू पार्टीमा आबद्धहरूलाई सहभागी हुन सहज होस् भनेर पार्टीको झण्डा नबोकेको केन्द्रीय सदस्य शाहीले बताए । ‘स्वतन्त्र आयोजना देखाएर हामी ‘ब्याक ग्राउन्ड’मा बसेर खटियौँ,’ र्यालीका लागि प्रचारप्रसारको संयोजन गरेका शाहीले भने, ‘अन्य पार्टीका साथीहरूले तपाईंको पार्टीको झण्डा प्रयोग नहुने भए हामी पनि जान्छौँ भन्नुभएको थियो ।’

सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको शाहीले बताए । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो । त्यही भएर अरू पार्टीका समर्थक पनि र्यालीमा आए,’ शाहीले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन् ।’

र्यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू र्यालीमा सहभागी हुन आएका थिए । जनसहभागिता बढाउन राप्रपाका गाउँसम्मका कमिटी र नेताहरू परिचालित भएका थिए । केही पहाडी जिल्लाबाट पनि राप्रपाका नेता–कार्यकर्ता र्यालीमा सहभागी भएको केन्द्रीय सदस्य शाहीले बताए । आयोजकले कतिपय सहभागीका लागि इन्धनको व्यवस्था पनि गरिदिएको थियो । संयोजक कार्कीले आ–आफ्नो ठाउँको सहभागिताको व्यवस्थापन स्थानीय कमिटीले नै गरेकाले आफूहरूको करिब दुई लाख रुपैयाँ मात्र खर्च भएको बताए ।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा र्यालीमा देखिएको बताए । ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *