ह्वाइट हाउसबाट ट्रम्प ‘आउट’ र जो बाइडेन ‘इन’ हुनै लागेका बेला अमेरिकामा यो के भयो ? अब के गर्लान् ट्रम्प र बाइडेन ?

अन्तराष्ट्रिय समाज
SHARE

एजेन्सी / डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइ अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले पनि हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई गरिसकेका बेला शनिबार मात्र ट्रम्पका पक्षधर प्राउड ब्वाइज समुहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकहरुमा प्रदर्शन गरेका छन्।

सो क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग प्राउड ब्वाइज समुहको झडप भएको हो। यस झडपमा चक्कु हानाहान भएको प्रहरीको भनाइ छ।प्रहरीले बल प्रयोग गर्दै झडपलाई तित्तर बित्तर बनाएका थिए। चार जनाको शरीरमा छु’रा प्र’हार भएको बताइएको छ। यतिबेला उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। शनिबारको यस झ’डपमा प्रहरीले २३ जनालाई गि’रफ्तार गरेको द गार्जियनले जनाएको छ।

। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित भएका हुन्। यद्यपी डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन्। यसबीचमा उनले चुनावमा धाँधली भएको आ’रोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

राष्ट्रपति ट्रम्पले चार राज्यमा निर्वाचन नतिजा उल्ट्याउने गरेको प्रयास त्यहाँको सर्वोच्च अदालतले शुक्रबार मात्र अस्वीकार गरेको थियो। ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चयनको चुनावअन्तर्गत जर्जिया, मिसिगन, पेनसिल्भेनिया र विस्कान्सिन राज्यको मत परिणाम अमान्य गराउन माग गरेका थिए, जहाँ उनका प्रतिद्वन्दी जो बाइडेनले जितेका छन्।तर सर्वोच्च अदालतले यस विषयमा कुनै कानुनी आधार नभएको उल्लेख गर्दै यो मुद्दा सर्वोच्च अदालतमा चलाउन नसकिने बताएको थियो।

अमेरिकी संचारमाध्यमका अनुसार राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नेछन्। राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ। राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका हुन्।

इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो। यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा अर्थात् भोली बस्दैछ।यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ। आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ।

२७० भन्दा बढी इलेक्टोरल कलेज भोट जितेकाले बाइडेन राष्ट्रपति घोषणा हुनेछन्। आगामी जनवरी २० मा उनले राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन्। चुनावमा परातिज भएपछि पनि डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन्।

त्यस्तै  स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना सं’क्रमण प्रसारका दृष्टिले घा’तक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य गर्‍यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना सं’क्रमण ग’म्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *