काण्डै काण्डै नारायणकाजीको करोडौको काण्डबारे बोले प्रचण्ड

राजनीति
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो । नेकपाका केन्द्रीय सदस्य लामाको नि’धन भएकाले शो’क प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। अर्को बैठक अब यही बुधबार दिउँसो १ बजे बस्ने उनले जानकारी दिए।

आजको बैठक प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । ओली यसअघि मंसिर २१ गते पाटी कार्यालयमा बसेको बैठकमा सहभागी भएका थिएनन्। उनले अध्यक्ष प्रचण्डले विभिन्न आरोप लगाएर पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान लिएका थिए। तर, दोस्रो तहका नेताहरुको आग्रहपछि उनी आजको बैठकमा सहभागी भएका हुन्।

मङ्सिर २१ गते बसेको बैठकमा दुवै अध्यक्षको प्रतिवेदन (आ’रोपपत्र) अध्ययनका लागि वितरण गरेर सात दिनका लागि स्थगित गरिएको थियो। यसबीचमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि त्यो सफल हुन सकेको छैन।ओली प्रतिवेदन फिर्ता लिन दाहाललाई दबाब दिँदै आएका छन् भने दाहाल स्थायी कमिटीमा प्रतिवेदन पेस भइसकेकाले त्यहींबाट निर्णय हुने अडानमा छन्। कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले पेस गरेको प्रतिवेदनमा ओलीले पार्टीको निर्णय नमानेको, स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका दर्जन बढी आरोप लगाएका छन्।

दाहाल र नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदन छाड्नुपर्ने अडानमा छन्। तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामाको निधन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गासिएर आएको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए।प्रचण्डले श्रेष्ठले उनको हाइड्रो पावरको सेयरका विषयमा समन्वय मात्रै गरेको बताएका थिए।

काठमाडौँ-  स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घा’तक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य गर्‍यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना सं’क्रमण ग’म्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *