बिहे गर्छन् तर यौ’नसम्बन्ध राख्दैनन्, विवाहित दम्पतीको व्यवहारले सरकारलाई संकट

राेचक-खबर
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- हुन त यौ’न सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौ’न सम्बन्धको अनौपचारिक स्वीकृति मानिन्छ । विवाहपूर्व यौ’न सम्बन्ध कानुनी रुपमा प्रतिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ । तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ । यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौ’नसम्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘सेक्स फ्रि’ जीजन बिताइरहेका छन् ।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ । त्यसमाथि विवाह गरेकाहरुले पनि यौनसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ । समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चिन्ताजनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ । मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौनसम्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन् ।

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु ग’म्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले ग’म्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घा’तक हुनेछ ।’

कोरोना सं’क्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी सं’क्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा सं’क्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा सं’क्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे सं’क्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना सं’क्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृ’त्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृ’त्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा सं’क्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *