६ वटा खुट्टा भएको बाख्राको पाठो जन्मियो ! भगवानको अवतार भन्दै पुजा गर्दै गाउँले

राेचक-खबर
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा / पाल्पा रिब्दिकोट गाउँपालिका वडा नं ५ कुसुमखोला नैटोलको कुसुम ग्रामीण युवा कृषि फर्म तथा होमस्टेमा माउ बाख्राले ६ वटा खुट्टा भएको पाठो जन्माएको छ । श्रावण ११ गते दिउँसो खरबारीमा चर्न गएको समयमा उक्त ६ खुट्टे पाठो जन्मिएको हो ।

माउ बाख्राले पाठोसँगै अर्को एक मरेकै अवस्थाको पाठी समेत जन्माएको थियो । मृ’त अवस्थामा जन्मेको पाठी अस्वभाविक रुपको रहेको र ६ खुट्टे पाठो भने उभिने, हिडने गरेको फर्म सञ्चालक समितिका अध्यक्ष सुरेश ढकालले बताउनु भयो ।

प्राबिधिक कारणले अथवा बायालोजिकल डिस्अडर्ले गर्दा उक्त जन्म भएको हुनसक्ने भएतापनि यस्तो अचम्म अझ भनौ बिल्कुलै चमत्कार रुपमा ६ खुट्टासहित जन्मिएको यो पाठो ,एक साधारण पाठो मात्रै नभई स्वयम् भगवानकै अवतार भएको त्यहाका गाउँ बासिन्दाहरु मान्दछन् ।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घा’तक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य गर्‍यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना सं’क्रमण ग’म्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *