पैसा लिएर मात्र अन्तरवार्ता दिन्छ भन्नेलाई जन्तरे मामाले दिए काडा जवाफ, मेलीना राई संग गाएको गीत चर्चामा भिडियो सहित्)

मनोरञ्जन
SHARE

काठमाडौं – मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको १/२ दिनमै उनको गीत धेरैले मन पराएका छन्। स्वर सम्राट नारायण गोपालको जस्तो स्वर भन्दै भन्दै ५३ वर्षीय अमितको गीत कयौँ पटक सामाजिक सञ्जालमा सेयर भएको छ । केही समयअघि एक व्यक्तिले जन्तरे मामाले गाएको नारायण गोपालको ‘म त लालीगुराँस भएछु’ गीत सामाजिक सञ्जालमा राखेपछि उनको खोजी भएको थियो।

मोरङको पथरी शनिश्चरेमा बस्दै आएका उनको स्वर सबैले मन पराइएपछि शुभेच्छुकहरुले उनलाई काठमाडौं बोलाएर गीत रेकर्डिङको अवसर प्रदान गरेका गरीरहेका छन् । उनले हालसम्म ४ वटा गीतहरु रेकर्ड गराई सकेका छन् । पछिल्लो समय उनले मेलीना राई संग गाएको गीत चर्चामा रहेको छ । जन्तरे मामा लाई पैसा दिदा मात्र अन्तरवार्ता दिनुहुन्छ भन्ने प्रश्नमा उनले गतील्लो जवाझ दिएका छन् ।

बाकीँ कुरा भिडियो हेर्नुहोस्:

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु ग’म्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना संक्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा संक्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे सं’क्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *