सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गरेको भोलिपल्टै देउवालाई ओलीको यस्तो बम्पर अफर !

राजनीति
SHARE

काठमाडौं, २९ मंसिर । पार्टीको सत्तालिप्सा प्रष्ट देखिनेगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गरेको भोलिपल्ट कांंग्रेस सभापति शेरबहादुर देउवा विभिन्न निकायमा नियुक्तिको भागबन्डा खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

मंगलबार ओलीले धेरै संवैधानिक पदमा कांगेसको कोटाबाट नियुक्ति दिने आश्वासन दिएपछि उनी बालुवाटार पुगेका हुन् ।तर, सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएको र णपुरक संख्या नपुगेपछि मंगलबारको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।ओलीले कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गरेको भोलिपल्टै अख्तियार, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत सबै आयोगमा कांग्रेसलाई कोटा दिने तयारी गरेका थिए ।

हिजो मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको थियो । कांग्रेसले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले विरोध तथा प्रदर्शन गरेको बताएको थियो ।

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु ग’म्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना सं’क्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी सं’क्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा सं’क्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा सं’क्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे सं’क्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना सं’क्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृ’त्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृ’त्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा सं’क्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *