गगन थापाले दिए राष्ट्रपति फाल्ने चेतावनी‘राजा त फाल्यौं, राष्ट्रपति पनि फा’ल्न सक्छौं’

राजनीति
SHARE

कैलाली – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति फाल्ने चेतावनी दिएका छन् । कैलालीमा भएको प्रर्दशनलाई सम्बोधन गर्दै नेता थापाले राष्ट्रपति जस्तो संवैधानिक व्यक्तित्वले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि सक्रियता देखाएको असन्तुष्टी व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले नेकपा अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद मिलाउने काम राष्ट्रपतिको नभएको बताएका छन् । ‘राष्ट्रपति महोदय, आँखा नचक्काइबक्स्योस, हात नलम्काइबक्स्योस,’ उनले भने, ‘राजा त फाल्यौं, राष्ट्रपति पनि फाल्न हामी सक्छौं ।’ उनले भ्र’ष्टाचारी हेर्न कहीं जानु नपर्ने बताएका छन् । नेता थापाले प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्र’ष्टाचारीको संरक्षणमा लागेको बताएका छन् । ‘भ्र’ष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ,’ उनले भने, ‘अन्त जानै पर्दैन सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्र’ष्टाचारीको संरक्षणमा लागेका छन् ।’

नेता थापाले कांग्रेसलाई शीतल निवास र बालुवाटार भन्दा पनि जनताको घरमा जान सुझाव दिएका छन् । उनले सभापति देउवातर्फ लक्षित गर्दै जनताका समस्यामा ध्यान दिन आग्रह गरेका हुन् । ‘अब शीतलनिवास, बालुवाटार वा सिंहदरबार हेर्ने होइन, जनताको घर हेर्ने हो, व्याक टू पिपुल जाने हो अब,’ उनले भने । उनले असफल प्रधानमन्त्रीलाई जोगाउन खोज्दा प्रचण्ड र माधव नेपाल नांगै बन्न पुगेको बताएका छन् । उनले जनताको पक्षमा काम गर्न नेताहरुलाई सुझाव दिएका छन् ।

विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु ग’म्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना संक्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा संक्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे सं’क्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *