गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट हसियाले काटिदिए

राेचक-खबर समाचार

एजेन्सी – गर्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट हसियाले काटेका छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् ।

सो घटनामा घाइते भएकी महिलाको अवस्था गम्भीर रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको बताइएको छ । सो घटनामा संलग्न श्रीमानलाई पक्राउ गरिएको छ ।

महिला घाइते भएपछि उनका भाइले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

श्रीमति अनिताको पेटमा हसिया प्रहार गरेको आरोप पन्नालालमाथि लागेको छ । उनका ५ जना छोरी भएको र छैठाैँ गर्भमा छोरा छन् की छोरी भनेर हेर्न त्यसो गरेको बताइएको छ ।

काठमाडौँ-  स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना सं’क्रमण प्रसारका दृष्टिले घा’तक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य गर्‍यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना सं’क्रमण ग’म्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *