मनोजलाई दिइन् मिनाले फेरि चुनौति, भनिन्, ‘तिमी अदालत गए म पनि जान्छु मेडिकल काउन्सिल’

मनोरञ्जन समाज
SHARE

काठमाडौं। हास्य कलाकार मनोज गजुरेलर उनकी पूर्व पत्नि मिना ढकालको विवाद फेरि छचल्किएको छ । मनोजले मिनाको नाम नलिइकनै शालिन ढंगले मिनाका केही टिप्पणीहरुको बिरोध गरेका थिए । उनले यस्तै आरोप लागिरहने हो भने अदालत जानुको बिकल्प नरहेको बताएका थिए।

मनोजले बारम्बार आफ्ना बारेमा पूर्वपत्नी मिना ढकालले लगाइरहेको आरोपको खण्डन गरेपछि मिना पनि प्रतिउत्तर लिएर आएकी छिन् । उनले फेसबुकमा निरन्तर मनोजलाई आरोपहरु लगाउँदै स्टाटस लेखिरहेकी छिन्।गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेसंगै उनकी पूर्वपत्नी मिनाले गजुरेललाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जाल फेसवुक र युट्युवहरु मार्फत टिप्पणी गर्दै आएपछि मनोजले बाध्य भएर बोलेको भन्दै सोमबार फेसबुकमा पाँच बुँदामा आफ्ना कुरा राखेका थिए।

मिनाले एक समाचारको लिंक सेयर गर्दै फेसबुकमा लेखिन्, ‘हट्ने होइन डटि ल ड्ने, अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखीका घट्ना परिघट्ना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने।’युट्युव च्यानलहरुमा मिनाले विभिन्न आरोप लगाउँदै अन्तरवार्ता दिँदै आएको भएपनि यतिन्जेल मनोज मौन बसेका थिए । तर मिनाको यस्तो ब्यवहारले आफ्ना छोराछोरीको भविष्य पनि समस्यामा परेको भन्दै बोल्न बाध्य भएको बताएका थिए।

सामाजिक सञ्जाल फेसवुकमा सोमवार लामो स्टटास लेख्दै उनले ३ वर्ष सम्म नखुलेको डिभोर्सको कारण र प्रमाण अब अदालतमा पेश गर्न बाध्य भएको उल्लेख गरेका थिए।

विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु ग’म्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना संक्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा संक्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे सं’क्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *