नेकपा विवादको साइड इफेक्टः राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राजनीति
SHARE

काठमाडौं  / नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो भने २८ गतेपनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।

बिस्वभर आयो गूगलमा समस्या, यूट्युव पनि ठप्प

काठमाडौं, गूगलमा समस्या देखिएको छ । सोमबार बेलुका पौने ६ बजेबाट गूगलमा समस्या देखिएको हो । गूगलका कुनै पनि फिचर्सहरु चलिरहेका छैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन । बिगत केहि दिनबाटै बेला बेला गूगलमा समस्या आइरहेको छ ।

जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेकाे छ ।

काठमाडौँ-  स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घा’तक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य गर्‍यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना सं’क्रमण ग’म्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *