को’रोना वि’रुद्ध’को खोप लगाएका नेपालीहरुमा देखियो स्वा’स्थ्य स’मस्या

समाचार स्वास्थ्य
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

सुदूरपश्चिम / सुदूरपश्चिममा कोरो’नावि’रुद्ध’को ‘को’भिशि’ल्ड’ खो’प लगाएका ४ जनामा स्वा’स्थ्य स’मस्या देखिएको छ। बिहिबार को’रोना भा’इरस वि’रुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सा’मान्य स्वा’स्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वा’कवा’की लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए

दोस्रो दिन १ हजार ३ सय ३७ जनाले लगाए ‘कोभिशिल्ड’

अभियानको दास्रो दिन प्रदेशका १० वटा खोप केन्द्रमार्फत १ हजार ३ सय ३७ जना स्वास्थ्यकर्मीलाई को’रोना भा’इरस वि’रुद्ध’को खो’प लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत १ सय १९ र टीकापुर अस्पतालबाट १ सय २० जनाले खोप लगाएका छन्।

यस्तै अछाममा २ सय जना, बैतडीमा २ सय २०, बझाङमा ९०, बाजुरामा १ सय ८, डडेल्धुरामा १ सय ४०, दार्चुलामा १ सय २०, डोटीमा १ सय १० र कञ्चनपुरमा १ सय १० जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए।

सुदूरपश्चिममा को’रोना भा’इरस वि’रुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या २ हजार ४ सय १९ पुगेको छ।

पहिलो दिन हिजो ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए। दिनेश खबरबाट

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *