प्रधानमन्‍त्री ओलीले भने- मेरो भनाइ नक्कल भयो

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / प्रधानमन्‍त्री एव‌ं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइको नक्कल गरेर पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा धारणा राखेको अरोप लगाएका छन् । नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्‍त्री ओलीले हिजो विराटनगरमा बोलेको अभिब्यक्ति ‘अब मेरो जीवन देशका लागि’ भन्‍ने आफनो भनाइ भएको दावी गरेका हुन ।

“विराटनगरमा एकजना नेताले बोलेको सुने, त्यो त मैले पोहोर परार साल भनेको थिएँ, जेलनेल भोगेको, धेरै दुःख पाएको छु, बल्ल बल्ल बाँचेर आएकाले फाऊमा पाएको यो जिन्दगी जनताका लागि केही गर्नुपर्छ, बाँकी मेरो जिन्दगी देशका लागि हो, जनताका लागि भनेको थिएँ’ ओलीले भने-“छ महिना तालिम दिएको तोताले जसरी बोल्छ नि– गोपीकृष्ण काऊ भनेर, त्यसैगरी बिराटनगरमा बोलेको सुनियो तर कताको गोपी ? कताका कृष्ण, कताको काऊ? भनेर सोधे भने त्यसले कहो कहो मात्रै भन्छ, जे होस, मेरा कुरा बोल्न खोजेकोमा खुसी लागेको छ,” प्रधानमन्‍त्री ओलीले भने।

ओलीले आफनो नेतृत्वको सरकार र पार्टी दुवैवाट धोका नपाउने भन्दै विश्वास व्यक्त गर्न जनतालाई आग्रह गरे। “यो नेतृत्ववाट तपाईहरूले धोका पाउनु हुन्‍न। तपाईहरूको अगुवाइ गर्दै देशको राष्ट्रियताको रक्षा र प्रयोगको लागि समर्पित भईसकेको छु” ओलीले भने- “देशको भुगोल र जमीनको रक्षा अहिलेको नेतृत्वले गर्नेछ। कतै पनि घुँडा टेकिदैन। नेपालको स्वाभिमानलाई माथी उठाईन्छ। जनताले अनुभुत गर्ने गरी काम गरिन्छ।”

तीन बर्षे कार्यकालमा राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य र पुर्वाधारलगायतको क्षेत्रमा धेरै काम गरेको बताउँदै प्रधानमन्‍त्री ओलीले निर्वाचनभन्दा अगाडि फेरी चितवन आउने प्रतिवद्धतासमेत व्यक्त गरे।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *