प्रचण्ड-नेपाल समुह र प्रहरीबीच झ’डप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्र’हार

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम । काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको वि’रोधमा बिहीबार देशव्यापी आम ह’ड्ताल घोषणा गरि सडकमा उत्रेका प्रचण्ड-नेपाल समुहका कार्यकर्ता र प्रहरीबीच झ’ड’प भएको छ ।

एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झ’ड’प भएको हो । झ’ड’पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्र’हार गरेको छ ।

नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गु’डिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले ला’ठी प्र’हारका साथै हवाई फायर र अश्रु ग्यास प्र’हार गरेको छ ।

प्रहरीको लाठी प्र’हा’रबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता/कार्यकर्ता घा’इते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

प्रदेश १ : धरानमा झ’डप

प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन । मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने ।

बिराटनगरमा बिहानैदेखि प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेको उनले बताए । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रदेश २ : १९ जना प’क्राउ

प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अ’वरोध गरिरहेका छन् । पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा निस्किएका छन् । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल प’क्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

वीरगञ्ज संवाददाता सुरेश विडारीका अनुसार आमहड्तालमा अ’वरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड-माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु प’क्राउ परेका हुन् ।

बागमती : सिन्धुपाल्चोकमा छैन प्रभाव

बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ । सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।

उपत्यका : शीर्ष नेताहरु सडकमा

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किएका छन् । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उनले सम्बोधन गरेका छन् ।

सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उनले बताएका छन् ।

रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रचण्ड-माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्व’न्द्व निम्त्याउन खोजेको बताएका छन् ।

पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा निस्किने भनिएको छ । हालसम्म सडकमा अ’वरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ७७ जनालाई प’क्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।

गण्डकी प्रदेश : ठाउँठाउँमा प्र’दर्शन

पोखरा संवाददाता अमृत सुवेदीका अनुसार प्रचण्ड-माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि प’क्राउ गरिएको छैन ।

लुम्बिनी : व्यापक प्रहरी परिचालन

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दले बताए । ठाउँठाउँमा प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

प्रहरी गस्ती पनि बढाइएको छ भने बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण्ड-माधव समूहका युवा नेता राजु गुरुङको नेतृत्वमा नेता, कार्यकर्ता जम्मा भएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घ’टना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

मुख्य मुख्य चोकमा बन्दकर्ता

बुटवल बजारका मुख्य मुख्य चोकमा बन्द आह्वानकर्ताहरु खटिएर आवतजावतलाई रोक लगाएका छन्। मुख्य राजमार्गमा बन्दको प्रभाव देखिए पनि भित्री सडकमा भने साना सवारी साधनहरु चलेका छन्। शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। भित्री सडकका पसलहरु छिटपुटरूपमा मात्रै खुलेका छन्।

बिहानैदेखि बुटवलको राजमार्ग चौराह र मिलनचोकमा सवारी साधनहरु रोकेर राखिएको छ। बुटवलको राजमार्ग चौराहमा नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्री र राम प्रसाद बन्जाडे, पुरूषोत्तम घिमिरे, राजु गुरुङ्ग, निर्मल जिसि लगायतको नेतृत्वमा दाहाल नेपाल समूहका कार्यकर्ताहरु जम्मा भएर सडकमा गुड्ने साना सवारी साधनको चेकजाँच गर्ने गरिएको छ।

बन्द कर्ताहरुले मोटरसाइकल/स्कुटरलाई रोकेर चालकहरुलाई रोक्ने गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले राजमार्ग चौराहमा एउटा मोटरसाइकल र एउटा स्कुटर तो’डफो’ड गरेको प्रहरीले जनाएको छ। कतिपय मोटरसाईकलको चापी खोसेका थिए ।

सडकमा अवरोध सिर्जना गर्नेलाई प’क्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको बताए पनि रुपन्देहीमा अहिलेसम्म कसैलाई गि’रफ्तार गरिएको छैन ।

सधै भिडभाड हुने बुटवलको लुम्विनी बस टर्मिनल र भैरहवास्थित सिद्धार्थ बसपार्क सुनसान रहेको छ। भैरहवा र बुटवलबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन सन्चालनमा आएका छैनन्।

बन्द मुक्त घोषणा गरिएको देवदह र तिलोत्तमा नगरमा समेत बन्दको प्रभाव परेको छ। रूपन्देहीको मणिग्राम कोटिहवा सालझण्डी, मुर्गियालगायतका बजारमा पनि बन्दको प्रभाव देखिएको छ।

कर्णाली : एउटा पक्ष बन्द गराउने, अर्को खोल्न भन्ने

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु पर्‍यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् । सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त बताउँछन् ।

सुदूरपश्चिम : डेढ सय गाडी स्कर्टिङ

सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार तराईका जिल्लामा प्रहरी नभएको ठाउँमा टायर बालेको पाइएको छ ।

‘प्रहरीको उपस्थिति भएको ठाउँ शान्त छ, राजमार्ग सबैतिर प्रहरीको उपस्थिति सम्भव हुँदैन’, सुवेदीले भने, ‘नाइट बसलाई स्कर्टिङ गरेर पठाइरहेका छौं ।’ विशेष गरी बुधबार साँझ काठमाडौंबाट बाजुरा, दार्चुला लगायतका ठाउँका लागि छुटेका डेढ सय बढी सवारीसाधनलाई स्कर्टिङ गरेर पठाइएको सुवेदीले बताए । स्कर्टिङमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि साथ दिएको छ ।

कोटेश्वर-जडिबुटीमा प्रहरीकै अ’वरोध!

प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले कोटेश्वर-जडिबुटी सडकखण्ड अ’वरूद्ध गरेको छ। कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो।

ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ। प्रहरीले सर्वसाधारणलाई अ’वरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ। बुधबार गृह मन्त्रालयले बन्दका क्रममा शान्ति-सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने भनेको थियो।

तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अ’वरोध पुर्‍याएका छन्। जडिबुटी चोकमा सवारीसाधनलाई प्रहरीले अ’वरोध गरिरहेको छ। दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै फर्काइएको छ।

भक्तपुर र ललितपुरमा भने आवागमनमा अ’वरोध गरिएको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वरको अव’रोध हटाउने प्रयास भइरहेको बतायो। ‘कोटेश्वरमा अवरोध आएको छ, हामी हटाउने प्रयासमा छौं,’ परिसर प्रवक्ता रमेश बस्नेतले भने। कोटेश्वर चोकमा बन्दकर्ताहरू जम्मा भएर नाराबाजी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *