ओली र विप्लव बीच वार्ता, यस्तो हुँदै छ सहमति

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।
उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्,
‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

नियुक्ति गर्न सफल भएका छौंः ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले पार्टी छाडेर गएको दावी गरेका छन् । उनले सो पक्ष पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी समेत गरे । उनीहरुले विकासको वि’रोध गरेको कारण संवैधानिक परिषद्को बैठकहरु बस्न नसकेको बताउँदै ओलीले नेपालबाट कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दा’वी गरे ।

उनले केही दिन पहिले प्रचण्ड–माधव समूहले केपी ओली जनसहभागिता यता हेर्न आउ भनेको प्रति कटाक्ष गर्दै भने, ‘आज भन्छु यता एकपटक नजर लगाउनुस् ।’ विराटनगरमा शनिबार भएको आफूपक्षीय सभामा उनले जनसहभागितालाई ‘ड्रोनले पनि फोटो खिच्न सक्दैन, चन्द्रमाले मात्र हेर्न सक्छ’ भन्दै विशाल सहभागिता रहेको बताए ।
उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे ।

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।

उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’

उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *