५ फिट गहिरो सुरुङ खनेर चोर बैँक भित्र पसेपछि…

अपराध समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बैंक र एटीएममा चोरीका घटना दिनानुदिन घटी नै रहन्छन् । चोरीका घ’टना न’घटुन् भनेर बैँकले कडा भन्दा कडा सुरक्षा ब्यबस्था मिलाएको हुन्छ । बैँक र एटिएम बुथमा धेरै भन्दा धेरै गार्डहरु बैँकले राखेको हुन्छ । तर पनि चोरले अनेक जुक्ति लगाएर चोर्ने क्रम भने रोकिएको छैन ।

अझ कोरोना कहरका कारण गरिएको लकडाउनको समयमा विभिन्न खाले अ’पराधिक घ’टना बढ्दै गएका छन् । जसकोपछिल्लो उदाहर(ा भारतको एक बैंक चोरीको प्रयास भएको छ । भारतको कांकेरको सरोना इलाकामा रहेको मुडपार सहकारी बैंकमा लुटेराहरूले ५ फिट सुरुङ खनेर भित्र पसेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुरुङमार्फत ती लु’टेराहरू बैँकको एउटा कोठामा पुगे । सो कोठामा १७ लाख नगद राखिएको बाकस चोरहरुले भेटे । यद्यपी उनीहरूले सो बक्स तोड्न भने सकेनन् । बैंकको सीसीटीभी क्यामेरालाई कपडाले ढाकिदिएर चोरहरुले हर प्रयास गर्दा पनि पैसा भने बाहिर लैजान नसकेको बैँकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *