सं’कटकाल लाग्दैन, लागे पनि एक महिनामै फिर्ता हुन्छ : प्रचण्ड

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

११ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सं’कटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले सं’कटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लाग्दैन सं’कटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको प्रचण्डले बताए । यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फै’सलापछि देशले निकास पाउने उनको दावी छ । जनताको तर्फबाटको ब्याटल प्रधानमन्त्री ओलीले हारेको अध्यक्ष प्रचण्डले बताए ।

ओलीलाई नेकपा भन्ने नाम लिने अधिकार छैन : माधव नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले साधारण सदस्यबाटसमेत निकालिसकेकोले नेकपा भन्ने अधिकार नरहेको बताए ।

उनले संसद पुनर्स्थापना पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने बारेमा खुल्ला छलफल हुने बताए ।

प्रचण्ड र नेपाल आफ्नो समूहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा वुधबार आयोजना गरेकोे सभालाई सम्बोधन गर्नका लागि मंगलबार चितवन आएका हुन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *