नेपालमा राजनीति बिग्रेकै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनले भने, हामी तपाईहरुको साथमा छौ

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । कोरोना भाइरस(कोभिड–१९) स’ङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।

नवनियुक्त राजदूत खतिवडाले बुझाउनुभएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उहाँलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गर्नुभएको छ । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताउनुभएको छ ।

ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले राष्ट्रपतिले व्यक्त गर्नुभएको शुभेच्छा र न्यानो स्वागतका लागि धन्यवाद प्रकट गर्नुभयो ।राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । गोरखापत्रमा यो खबर छ ।

यसैबीच नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले समकक्षी खतिवडाको सफल कार्यकालको कामना गर्नुभएको छ । नेपालको अर्थमन्त्री रहनुहुँदा डा. खतिवडासँग विभिन्न कार्यमा अमेरिकाले सहकार्य गरेको स्मरण गर्नुहुँदै उहाँले राजदूत भएपछि दुई देशको सम्बन्ध र सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *