जग्गा बेचेर बैंक खातामा राखेको लाखौ पैसा एकै रातमा पटक पटक गरेर अर्कैले झिकेपछि पि’डित रुदै मिडियामा (भिडियो सहित)

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । गरिमा बिकास बैंक, बिरौटा पोखरा शाखाबाट एकजना सेवाग्राहीको रकम हराएको छ । बिरौटामा बस्ने स्थानिय कला तिवारीको रकम ६ गते राती देखि ७ गते बिहान सम्म गरेर ४ लाख चोरी भएको पि’डित कला तिवारीले बताउनुभएको छ । उहाँका अनुसार जग्गा बेचेको ७ लाख रुपैया ६ गते दिउसो ३ बजे आफुले जममा गरेको र त्यहि दिन राती १० बजेपछि आफ्नो खाताको रकम विस्तारै घट्दै गएको कलदा तिवारीले बताउनुभयो ।

खाइ नखाई गरेर जोडेको जग्गा बेचेको थिएँ, त्यो पैसा ल्याएर जम्मा गरेको ४ लाख रुपैया हेर्दा हेर्दै चोरे । गरिब दुखीलाई नै यस्तो समस्या पर्दो रहेछ । उहाँले बेलुका १० बजे मोबाइलमा आफ्नो खाताबाट पैसा झिकेको म्यासेज आएको भएपनि देख्नुभएन । राती १२ बजे म्यासेज हेर्दा पैसा घटेको थाहा पाउनुभयो । छोरालाई बोलाएर हेर्न लगाँए, पछि बुहारीलाई पनि हेर्न लगाएा । बुहारीले पैसा हराएको भनेपछि मेरो मुटुले ठाउँ छोड्यो, म त थ’रथरर्ती काम्न थाँले, बेलुका बैंकमा फोन गर्दा पनि उठेन, ७ गते बिहान बैंकमा खबर गरेँ । जिल्ला प्रहरी कार्यलयमा पनि खबर गरेको छु तर अहिलेसम्म पैसा पाइएको छैन । कलाले भन्नुभयो ।

बैंकका बिरौटा शाखाका प्रवन्धक कमल सुवेदीले आफुले जानकारी पाउने बित्तिकै केन्द्रमा जानकारी गराएको र केन्द्रबाट थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । त्यस्तै बैंकका पोखरा क्लष्टर प्रमुख भोला प्रसाद तिवारीले उक्त रकम मोबाइल र कोडको गलत प्रयोग गरेर रकम ट्रान्सफर गरेको प्रारम्भीक रुपमा खुलेको भन्दै ग्राहाकको खाताबाट हराएको रकम जसरी पनि पत्ता लाग्ने र पि’डितलाई जसरी पनि न्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार आवश्यक कगजात मगाएर अनुसन्धान भईरहेको छ ।

पछिल्लो समय विद्युतिय माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिदै आएका छन् । सेवा दिने अनि सेवा लिने तर सुरक्षाको विधि बैंकहरु र स्वयम सेवाग्राहीहरुले पनि नपनाउदा विभिन्न अपराधिक घटनाबढीरहेका छन् । त्यसैले आफुले लिएको सेवा र त्यसको सुरक्षित कारोबार कसरी गर्न सकिन्छ भनेर सबै सेचत हुन जरुरी रहेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *