भागरथी ह’ त्या प्र’करणमा सफल अनुसन्धान गर्ने दुई प्रहरीको बढुवा

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ज्या’ न लि एको सम्बन्धी घ’टनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ ।

सुदू क’र’णी पछि ह’त्या ग रिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको घ’टनाको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो। यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हवल्दार पदमा बढुवा गरिएको छ।

यस्तै, प्रहरी हवल्दारमा बढुवा भएका नरबहादुर थापाले माघ ११ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी ७१ वर्षीया वृद्धा खन्टी भुलको ह’ त्यामा स मेत अनुसन्धानको पाटोमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

भुललाई भाइ नाता पर्ने दलबहादुर विकले रातिको समयमा ह ‘त्या ग री गहना लु ‘टेका थिए । घ’टना लगत्तै सो स्थानमा भएका कागज, पैतालाको डोब पहिचान गरी प्रहरीले अनुसन्धानमा सफलता पाएको थियो । अनुसन्धानकै क्रममा दलबहादुरमाथि शं’ का लागि खानतलासी गर्दा लु’ टि एको सुन र ह ‘त्या मा प्रयोग गरिएका ह ‘ति यार फे’ला परेपछि निजलाई प’क्राउ गरिएको थियो ।

बुधबार बढुवा भएका दुवैलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । भागरथीको ह ‘त्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भनाइ छ । उनीहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घ’टनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताए ।

प्रहरी नायव निरीक्षकमा बढुवा भएका थापा २०५६ साल भदौ २० गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी जवानका रुपमा सेवामा प्रवेश गरेका उनी २०६५ सालमा हवल्दारमा बढुवा भएका थिए भने २०७३ मा प्रहरी सहायक निरीक्षकमा बढुवा भए । हवल्दारमा बढुवा भएका थापा भने २०६३ चैत ३ गते प्रहरी जवानका रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *