अत्यन्त दुखत खबर ! झापामा ३ गाडी एकअर्कामा ठो’क्किँदा २ जनाको मृ’त्यु, ४ को अवस्था ग’म्भीर

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठो’क्किँ’दा दुईजना’को मृ’त्यु भएको छ। घाइते ४ जनाकाे अवस्था चि’न्ताजनक छ। दु’र्घटना परी मृ’त्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल’मा मृ’त्यु भए’को हो । प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधवार दिउँसो प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपस’मा ठोक्किए’का हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठो’क्किँ’दा दु’र्घटना भए’को हो । दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइ’ते भएका थिए । त्यसमध्ये कारमा सवार दुई जना’को मृ’त्यु भए’को हो ।

गम्भीर घाइते हुनेमा कारमा सवारमा मृ’तक मगरकी श्रीमती ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ रहेको डिएसपी थापाले बताए।

उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दु’र्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नि’यन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *