दुवईमा भएका श्रीमानलाइ नेपालबाट श्रीमतीको संदेश, अन्तिम बिकल्प म तपाईकै घरमा गएर…[ भिडियो सहित ]

राेचक-खबर समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

सबै कुरा नबुझि बिवाह गर्न हतार गर्दा परेको समस्याले एक महिलाले देह त्या’गको प्रयास गरेकी छन् । मेरो विवाह भएको छैन । म अविवाहित हुँ भनेर युवतीसंग नजिकिए । उनीहरु बीच प्रेम भयो । युवती प्रेममा परिन् । उनीहरुले काठमाडौ आएर पशुपतिनाथ मन्दिरमा विवाह समेत गरे । तर अहिले ति युवकले उनलाई श्रीमती स्वीकार गरेनन् । अहिले एउटा सानो सन्तान पनि छ । तर उनले श्रीमती त स्वीकार गरेननन् छोरालाई सन्तान पनि स्वीकार गरेनन् ।

झापाको कन्काइ नगरपालिका ९ मा भएको यो घ’टनाले यि युवतीको जिवन अहिले बिचल्लीमा परेको छ । काठमाडौमा लगेर विवाह गरे, सन्तान जन्मियो अहिले उनी फेरी झापा आएर बसेकी छन् । श्रीमानले धोका दिएपछि अहिले ति युवती मिडियामा आएकी छन् । कमला भुषाल नाम बताउने ति महिलाले आफुलाई नहेरे पनि सन्तानलाई अधिकार दिलाउन लागेकी छन् ।

दुई वर्ष देखि मलाई यता न उता पारेर बिचल्ली बनाए, फोन गर्दा पनि चोकमा गएर मागेर खा भनेर जवाफ लगाउँछन्, उनले भनिन्, उनी साउदीमा छन् । उनले आफु ब्युटी पार्लर सिक्थिन् । त्यही बेलामा उनीहरुको भेट भयो । विवाह भएको उनीहरुबीच औपचारीक प्रमाण छैन । धेरै समय उनीहरु संगै बसे । त्यसवाट छोरा जन्मियो । पशुपतिमा दुई जनाले मात्र विवाह गरेका थिए । त्यसको प्रमाण आफुसंग नभएको युवतीको भनाई छ ।

त्यती बेला म संग मोवाइल थिएन, उनी आफै फोटो खिचेका थिए तर अहिले त्यो फोटो पनि डिलिट गरेका छन्, उनले भनिन् छोरालाई मेरो हो भनेर स्वीकार गरेकै छैनन् । गल्ती हामी दुवैले गर्र्यौ त्यसको सजाय मेरो छोरालाई किन दिनु ? दुवईमा संगै हुँदा पनि आफुले कमाएको सबै पैसा श्रीमानले नै राखेको बताउँछिन् । अहिले छोरा विरामी हुँदा पैसा दिनु भन्दा पनि दिन्नन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *