देउवा पनि के कम , प्रधानमन्त्रीको गोटी चाल्दै जसपालाई बोलाए बूढानीलकण्ठ

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको जानकारी दिए । देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्ने भएका छन् । त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ ।वर्तमान केपी ओली सरकार टिकाउन वा विस्थापित गर्न जसपा निर्णायक भनेका बेला देउवाले ओली सरकार विस्थापनका लागि अग्रसरता बढाएको बूढानीलकण्ठ स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोजेका बेला नयाँ सरकार बनाउन देउवाले पनि सहकार्यको हात फिँजाएको बुझिएको छ ।

विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् । काँग्रेस सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए ओली सरकार विस्थापित गरेर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने पक्षमा देखिएको छ । अहिलेसम्म नयाँ सरकार निर्माणमा मौन देखिएका देउवा सक्रिय हुन थालेको छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए । सत्ता सहकार्यबारे जसपाले ओली र देउवा–प्रचण्डसँग छलफल गरिरहेको छ ।सत्ता गठबन्धनमा जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएको पाइन्छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *