देश ग’म्भीर सं’कटतिर धकेलिने सम्भावना बढेपछि राष्ट्रपति भण्डारीले चालिन् यस्तो कदम

Uncategorized राजनीति राष्टिय समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। आज सर्वदलीय बैठक आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा विकसित पछिल्ला राजनीतिक घ’टनाक्रमका विषयमा छलफल गर्न दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने मुख्य दल तथा साना दलहरुलाई बोलाइएको छ । आजको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीको यो पहललाई सबै दलहरुबीच समझदारी गराउने प्रयासको रुपमा हेरिएको छ । पछिल्लो समय राजनीतिक दलहरुबीचमा असमझादरी र तिक्तता बढ्दै जाँदा देश बेमेलतिर मात्र हैन ग’म्भीर सं’कटतिर धकेलिने सम्भावनाहरु बढ्दै गएका छन् ।

संसद पुनर्स्थापनापछि सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवदी ब्युँतिनेगरी आदेश जारी गरेपछि राजनीतिक वृत्तमा थप त’रंग पैदा गरेको थियो । त्यसपछि सरकार ढाल्ने र नयाँ सरकार बनाउने विषयमा दलहरु आ–आफ्नो समिकरण बनाउन लागिपरेका छन् । आफ्नो पार्टीको प्रधानमन्त्री रहेको पार्टी एमाले नै अहिले माधव नेपाल र ओली पक्ष गरी दुई समूहमा बाडिएर वि’वादको भुमरीमा फसेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *