योगेश भट्टराईलाई जुनसुकै बेला लाग्नसक्छ अ’कल्पनिय झ’ड्का, बालुवाटारले गर्यो यस्तो तयारी !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईलाई ओली समूहले का’रबाही गर्ने भएको छ । ओली समूहले माधव नेपालसहित ४ जना नेताहरुलाई स्पष्टीकरण समेत सोधिसकेको छ ।

ओली समूहले गत फागुन २८ गते बसेको बैठकले एमालेको पदाधिकारी हेरफेर गरेपछि भट्टराईको सचिव पद गुमेको हो । ओलीले भट्टराईको सांसद पद समेत खो’स्ने तयारीमा छ । पार्टीको विधान विपरित लागेको भन्दै भट्टराईसहित केहि नेताहरुको सांसद पद खो’स्ने तयारी भएको छ ।

समानान्तर गतिविधिलाई निरन्तरता दिने, ओलीलाई पनि प्रश्न सोध्ने खनाल–नेपाल समूहको निष्कर्ष

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै चार नेतालाई स्पष्टीकरणको पत्र थमाएपछि एमालेका वरिष्ठ नेताद्वय भलनाथ खनाल र माधवकुमार नेपाल समूहले छुट्टै बैठक बसेर रणनीति तय गरेका छन् ।

खनाल–नेपाल समूहको बैठक सोमबार बसेको थियो । उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर पार्टी कमिटी, जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए ।

“ओलीले स्पष्टीकरणको नाममा का’रबाही गर्ने जुन ध’म्की दिएका छन् । त्यसकावि’रुद्ध हामीले कार्यकर्ता परिचालन गर्नैपर्ने भएको छ । आधारभूत तहसम्मै रहेका हाम्रो शक्ति एकतृत गर्छौं,” एक नेताले भने, “देशव्यापीरूपमा अहिले भइरहेका भेला बैठकलाई जारी राख्ने र सबै जनसंगठनको राष्ट्रिय भेला गर्ने पनि निर्णय भएको छ ।”

पार्टीका महासचिव ईश्वर पोखरेलले सोमबारमात्र पार्टी नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरणपत्र काटेका छन् ।

स्रोतका अनुसार त्यसबारेमा पनि आज छलफल भएको थियो । नेताहरू खामबन्दी पत्र बोकेर बैठकमा पुगेका थिए ।

महासचिवले काटेको स्पष्टीकरण पत्रको कुनै जवाफ नदिने बरु ओलीलाई थप प्रश्न सोध्ने निष्कर्ष निकालिएको ती सदस्यको भनाइ छ ।

“पार्टी अध्यक्षका तर्फबाट भएका अपराधहरूबारे साथीहरूले प्रश्न सोध्नुहुन्छ,” स्रोतले भन्यो, “ओली प्रश्नभन्दा माथि कहाँ हुन् र रु सदस्यहरूले प्रश्न सोध्न पाउने हकको उपयोग गर्छन् ।”

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *