भाइरल चियावाली सृष्टिको पहिलो गीत यस्तो बन्यो, सहयोगको ऒइरोले खुशीले आँशु झरे हेर्नुहोस (भिडियो)

मनोरञ्जन समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् । हेर्नुहोस चियावालिको पहिलो गीत –

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *