बे’होश भएका बेला की’र्ते गरेर ४ करोड नगद र सुन पनि लगिछ छोरीले

राेचक-खबर समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / जन्म दिने बुवाआमालाई छोराछोरीले अलपत्र पारेको कुरा त देखिँदै/सुनिँदै आएको हो, तर बुवाआमासँग भएको सम्पत्ति समेत लु’टेर बिचल्ली बनाएको घ’टना भने बिरलै सुन्न पाइन्छ ।यस्तै एउटा घ’टना अहिले चर्चामा छ ।​ कीर्ते गरी बुवाआमाको सम्पत्ति हडपेको र बिचल्ली बनाएको आ’रोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी प’क्राउ परेकी छन् ।

ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृद्धा शोभा रिजाललाई आफ्नै छोरीले अलपत्र पार्लिन् भन्ने कहिल्यै लागेको थिएन। माइली छोरी सुष्माले पाल्छु भनेर अचल सम्पत्ति म’रणोपरान्त आफ्नो नाममा हुने गरी कागज समेत गराएकी थिइन् । छोरीको सहारामा बुढेसकाल बिताउने उनको अपेक्षा थियो।

सुगरको बि’रामी रहेका शोभाका श्रीमान् कमल रिजाल बेला–बेलामा बे’होश हुन्थे ।बुवा बे’होश भएको मौका छोपेर सुष्माले माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीमा रहेको ४ करोड ४४ लाख रुपैयाँ नगद, २२ तोला सुन र चाँदीका भाँडाकुँडा समेत आफ्नो हात पारिन् ।

‘म बिरामी र बुवा बेहोश भएको समयमा उनीहरूले खै कसरी कीर्ते गरेर सबै ४ करोड ४४ लाख पैसा, २२ तोला सुन र चाँदीका सामानहरू लगेछन्,’ शोभाले भनिन्, ‘त्यो समयमा बुवालाई के गरेर नगद र गरगहना सबै आफ्नो नाममा पारिछ ।’ कृषि सामग्री संस्थानको सह–सचिवबाट अवकाशप्राप्त बुवा कमलको २०७६ मंसिर १ गते मृ’त्यु भएपछि सुष्माले विराटनगरमा रहेको पुर्ख्यौली सम्पत्ति समेत आफ्नो नाममा नामसारी गरिसकेकी छन् ।

सम्पत्ति अं’शबण्डा गर्ने समयमा बुवा–आमा र अ’पाङ्गता भएकी जेठी दिदीलाई हेरचाह गर्ने भनेर बुवा–आमाको मृ’त्युपछि मात्र उनको नाममा हुने भनिएको थियो । तर उनले बुवाको मृ’त्यु हुनुभन्दा अगाडि नै कीर्ते गरेर पैसा तथा सम्पत्ति आफ्नो नाममा सारिसकेकी रहिछन् ।

पाठेघरको स’मस्या रहेकी शोभाले उपचारका लागि पैसा चाहियो भन्दा सुष्माले दिन मानिनन् ।‘उपचार गर्नुपर्‍यो, पैसा ले भन्दा पनि नदिएपछि प्रहरीको गएकी थिएँ,’ शोभाले भनिन्, ‘नागरिकता माग्दा पनि दिइन । वृद्धभत्ता पनि उसैले लान्थी ।’केही समयअगाडि बि’रामी भएपछि साइँली छोरी गंगा रिजाल र छोरा सुरेन्द्र रिजाललाई भनेर अस्पताल भर्ना भएकी थिइन् ।

त्यो समयमा पनि पैसा माग्दा नदिएको शोभाले बताइन् ।‘अरूले कसरी उपचार गरुन्, पाल्ने भनेर उस(सुष्मा)ले सबै सम्पत्ति लगेकी थिई,’ शोभाले भनिन् ।केही नलागेपछि उनले ९ महिनाअघि प्रहरीमा उ’जुरी दिएकी थिइन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विगत ९ महिनादेखि उजुरी आएपनि सरकारी कर्मचारी भएकाले घरको समस्या घरमै मिलाउन प्रहरीले आग्रह गर्दै आएको थियो ।

‘घरको स’मस्या हो, तपाईंहरू मिलाउनुस् भनेका थियौं,’ एसएसपी सिंहले भने, ‘उहाँ (सुष्मा)लाई पनि सम्पत्ति खाएपछि बुवाआमा हेर्ने दायित्व हो, सेवा गर्नुस् भनेका थियौं ।’तर सुष्माले उल्टै जिल्ला अदालत काठमाडौंमा उक्त उजुरीवि’रुद्ध ‘स्टे अर्डर’ मागेर मु’द्दा दर्ता गरिन् ।

जिल्ला अदालतले सुष्माको माग दाबी खारेज गरेर प’क्राउ पू’र्जी जारी गरेपछि उनलाई प’क्राउ गरेको एसएसपी सिंहले बताए ।प्रहरीले सुष्मालाई आइतवार थापाथलीबाट प’क्राउ गरेको थियो ।प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।उनलाई ज्येष्ठ नागरिक ऐन– २०६३ वि’रुद्धको क’सूर गरेको अभियोगमा प’क्राउ गरिएको एसएसपी सिंहले बताए ।के छ ऐनमा व्यवस्था ?

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *