ओलीकै पक्षमा उभिने भए यी बिपक्षि नेता , दाहाल-नेपाल मिल्दा पनि संसदमा ओलीकै बहुमत !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / नेकपा एमाले र माओवादी केन्द्र बिउतिए पछि पनि एमाले भित्रै ओलीको बिरोध भैरहेको छ तर विभिन्न कारणले गर्दा बिपक्षि बाट भने साथ्नि पाई रहेका छन्।

संसद पुनर्स्थापना पछि ओलीले राजिनामा दिने सहज आकलन गरेका प्रचण्डले राजिनामा नदिए पछि अबिश्वाशको प्रस्ताव ल्याउने कसरत गरिरहेका छन् तर बिपक्षी दलका नेताहरुले ओलीलाई साथ दिदा सफल हुन सकेका छैनन् ।

माधव नेपाल र प्रचण्डले ओलीलाई हटाउने तयारी गरे पनि बिपक्षी दलका नेता हरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगाएतका दर्जनौ नेताहरुले ओलीलाई हटाउने पक्षमा छैनन्।

उनीहरुले ओलीलाई हटाउने भन्दा पनि नयाँ सरकार बन्न नदिने र चुनावमा जाने बाताबरण बनाउन खोजेका छन्। जसका लागि जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो लगाएतका नेताहरु पनि सहमत छन्।

तर जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव लगाएतका नेताहरु भने ओलीलाई हटाउने पक्षमा नै छन्। यदि महन्त ठाकुर लगाएतका नेताहरु ओलीको पक्षमा गए भने जसपा पनि फुट्ने निश्चित जस्तै छ ।

नेपाल समूहले कहाँ–कहाँ बनायो समानान्तर कमिटी

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युताँएपछि सुरु भएको एमालेभित्रको विवाद प्रदेश र जिल्ला हुँदै तल्लो निकायसम्म पुगेको छ ।

पार्टीभित्रको खनाल–नेपाल समूह यतिबेला प्रदेश र जिल्लामा समानान्तर कमिटी बनाउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीले २८ फागुनमा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेलगत्तै यो समूहले समानान्तर कमिटीको अभ्यास थालेको हो ।

ओलीले अध्यक्ष र महासचिवबाहेक केन्द्रीय कमिटीका सबै पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए । त्यस्तै, खनाल–नेपाल पक्षीय प्रदेश इन्चार्ज र विभाग प्रमुखको पनि जिम्मेवारी खोसिएको थियो ।

त्यसलगत्तै, २९ फागुनमा खनाल–नेपाल समूहले केन्द्रीय समिति बैठक डाकेर प्रदेश ईन्चार्ज तथा विभागीय प्रमुखहरुको नयाँ सुची सार्वजनिक ग¥यो । यसरी सुरु भएको समानान्तर कमिटीको अभ्यास अहिले जिल्ला–जिल्लामा ‘डढेलो झैं’ फैलिएको छ ।

चैत मसान्तसम्म प्रत्येक प्रदेश र जिल्लामा कमिटी निर्माण गरिसक्ने खनाल–नेपाल समूहको योजना छ । यस समूहअन्तर्गतका केही जिल्ला कमिटीहरुले मसान्तभित्र पालिका तथा वडा कमिटी गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् ।

ओलीले एकलौटीरुपमा पार्टीका निर्वाचित कमिटीहरु पुनर्गठन गर्ने तथा फरक मत राख्नेहरुको जिम्मेवारी खोस्ने काम गरेकाले कम्युनिष्ट आन्दोलन र पार्टी एकता जोगाउनका लागि अभियान थाल्नुपरेको खनाल–नेपाल समूहको तर्क छ ।

समानान्तर कमिटीको गठन आफुले नभएर ओली पक्षले नै गरेको नेता माधव नेपालको दाबी छ । उनी ओलीलाई पार्टी नभएर गुटका नेता मान्छन् । उनी भन्छन्, ‘ओलीले हाम्रो पक्षका सबै नेताहरुलाई पार्टीका सबै कमिटीबाट निकालिसके, आत्मसमर्पणबाहेक हामीलाई ओली गुटमा कुनै स्थान छैन ।’

ओलीले एकलौटीरुपमा गुटको भेलामार्फत विधान संशोधन गरेको र जथाभावी कमिटीहरु विस्तार गरेको बताउँदै नेता नेपालले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘कुनै दिन सबै नागरिकहरुलाई उहाँले केन्द्रीय सदस्य बनाउन सक्नुहुन्छ ।’

बागमती प्रदेश कमिटीको भेलामा नेता नेपालले भने, ‘आन्दोलनबाट कार्यकर्ता नै भाग्ने हो कि भन्ने अवस्था पो आयो । त्यसैले पार्टी जोगाउन पहिले गण्डकी प्रदेश र अहिले बागमती प्रदेशमा कमिटी गठन गरेका छौं, हामी ओलीसामु झुक्दैनौँ, चुनौतीहरु सामना गरेर अघि बढ्छौँ ।’

गण्डकी र बागमतीमा प्रदेश कमिटी

१९ चैतमा सुरेन्द्र पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशको २२ सदस्यीय कमिटी घोषणा भयो । मंगलबार अष्टलक्ष्मी शाक्यको संयोजत्कवमा बागमती प्रदेशमा १ सय ७५ सदस्यीय कमिटी घोषणा भएको छ ।

त्यसैगरी सुदूरपश्चिममा पनि प्रदेश कमिटी घोषणा अन्तिम चरणमा पुगेको छ । खनाल–नेपाल समूहले चैत मसान्तसम्म सबै प्रदेश र जिल्लामा समानान्तर कमिटी गठन गर्ने योजना बनाएको छ ।

कुन–कुन जिल्लामा समानान्तर कमिटी

प्रदेश १ अन्तर्गत भोजपुर र धनकुटामा समानान्तर कमिटी गठन भइसकेको छ । बाँकी जिल्लामा पनि कमिटी बिस्तार गर्ने तयारी चलिरहेको छ । भोजपुरमा शरणकुमार राईको अध्यक्षतामा १ सय ७५ सदस्यीय कमिटी बनाइएको छ ।

त्यसैगरी धनकुटामा अर्जुन राईको अध्यक्षमा १ सय १ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बागमती प्रदेशका प्रायः सबै जिल्लामा समानान्तर कमिटी गठन भइसकेको छ,

जसअनुसार सिन्धुपाल्चोकमा झंक नेपाल, ललितपुरमा हरिकृष्ण थापा, नुवाकोटमा नारायण खतिवडा, काठमाडौंमा वसन्त मानन्धर, काभ्रेमा टोकबहादुर वाईवा, मकवानपुरमा मुनु सिग्देल,

चितवनमा तेजेन्द्र खड्का, धादिङमा शिवराज कंडेल, दोलखामा भीम दाहाल, सिन्धुलीमा सूर्य पाख्रिन, रसुवामा पेम्बा तामाङ, रामेछापमा शान्ति पौडेल र भक्तपुरमा राजन केसी अध्यक्ष छन् ।

गण्डकी प्रदेशको कास्की जिल्लामा धनराज आचार्य, स्याङ्जा जिल्लामा रामचन्द्र भट्टराई, बागलुङ जिल्लामा इन्द्रलाल सापकोटा, म्याग्दीमा बालकृष्ण सुवेदी, तनहुँमा शंकरनारायण श्रेष्ठ गोरखामा यादव बस्नेत, लमजुङमा रामबाबु अधिकारी, नवलपुरमा धनञ्जय शर्मा अध्यक्ष तोकिएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीमा रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी १५ चैतमै गठन भएको थियो । समानान्तर कमिटी गठन गर्ने अर्घाखाँची पहिलो जिल्ला हो ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *