ओली तिरै फर्किए यी ५ नेता, निकाले यस्तो बिज्ञप्ति !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् । वागमती प्रदेशसभा सदस्य समेत रहेका डा.रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले संयुक्त विज्ञप्तिमार्फत समानान्तर कमिटीमा नाम राखिएकोमा असहमति जनाएका हुन् ।

धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारी नेकपा विभाजनको बेला प्रचण्ड(माधव पक्षमा थिए ।

मंगलवार घोषणा भएको माधव नेपाल पक्षको प्रदेश कमिटीमा घले र अधिकारीलाई पनि सदस्य राखिएको छ । उनीहरु दुवैजनाले समानान्तर कमिटी गठन गरि एमालेलाई कमजोर पार्ने गतिविधिप्रति आ’पत्ति रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले वागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुईजना समेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको नभएको व्यहोरा जानकारी गर्दछौं ।

विज्ञप्ति पार्टी एकता जोगाउन पर्नेमा समानान्तर कमिटी गठन गर्ने जस्तो अनौठो निर्णयप्रति असहमति जनाइएको छ । उनीहरुले यसलाई एमाले कमजोर पार्ने गतिविधि भनेका छन् ।

कस्तो अवस्थामा जान्छ पद

सांसद पद मुख्य गरी तीन अवस्थामा जाने गर्छ । दल त्याग गरेमा, आफू संलग्न भई अर्को दल खोलेमा र अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिन्छ ।

संघ, प्रदेशमा निर्वाचित सांसदको हकमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा व्यवस्था गरिएको छ । दफा ३१ मा संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्यले सांसद पदको पदावधि कायम रहेसम्म जुन दलको उमेदवार भई निर्वाचित भएको हो

त्यो दल त्या’ग गर्न सक्ने÷नसक्ने उल्लेख छ । तर, दफा ३१ को १ अनुसार सो अवधिमा दल त्यागे, दल त्यागेको मितिदेखि सांसद पद स्वतः रिक्त भएको मानिनेछ ।

ऐनमा पार्टीले लगाएको ह्वीप उल्लंघन गरेमा पनि दल त्याग गरेको मानिने उल्लेख छ । संसदीय दलको नेताको निर्देशनबमोजिम दलको सचेतकले आफ्ना सांसदलाई पक्ष वा विपक्षमा मतदान गर्न निर्देशन दिन सक्ने व्यवस्था छ  ।

सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दा, वार्षिक बजेट पारित गर्दा तथा राष्ट्रिय वा सार्वजनिक महत्त्वको अन्य कुनै विषयमा मात्रै त्यस्तो निर्देशन दिन सकिने व्यवस्था ऐनमा छ  ।

राजनीतिक दलसम्बन्धी दफा २८ मा त्यस्तो निर्देशन संसदीय दलका प्रत्येक सदस्यले पालना गर्नुपर्ने भनिएको छ । ह्वीप उल्लंघन गरेमा सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्छ ।

सोही विवरणका आधारमा दलको दफा ३२ को २ अनुसार केन्द्रीय समितिले त्यस्ता सदस्यलाई दलबाट निष्कासन गर्न सक्नेछ । यसरी निष्कासित सदस्य सम्बन्धित दलबाट समेत निष्कासनमा परेको मानिनेछ ।

यस्तो छ का’रबाही प्रक्रिया

अधिवक्ता टिकाराम भट्टराईका अनुसार का’रबाहीका लागि स्पष्टीकरणको मौका दिइनेछ । स्पष्टीकरण चित्तबुझ्दो नभए दलले कारबाही गर्न सक्नेछ । “यी जुनसुकै अवस्थामा पनि पार्टीले स्पष्टीकरणको मौका दिनुपर्छ ।

स्पष्टीकरण चित्तबुझ्दो भएन भने त्यस्तो निर्णय उल्लंघन गर्ने सांसदहरुको विवरण सचेतकले दलको नेतालाई दिनुपर्छ । दलको नेताले केन्द्रीय कार्यसमितिको बैठकमा राख्ने र बहुमतले दल त्या’ग गरेको निर्णय गर्ने,” उनी भन्छन् ।

कारबाही गरेको सूचना संसद् सचिवालयलाई गराउनुपर्ने हुन्छ । “त्यसको सूचना संसद् सचिवालयलाई गराउनुपर्ने हुन्छ । संसद् सचिवालयले सभामुखलाई जानकारी दिएपछि सभामुखले त्यसको १५ दिनभित्र बैठक चलेको भए बैठकमा पढेर सुनाउनुपर्छ । नचलेको भए सूचना पाटीमा सूचना टाँस गर्नुपर्छ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *