ओलीले दिउँसै रात पार्ने काम गरेको भन्दै रुकुमबाट ऊर्जा लिएर काठमाडौं आउदै प्रचण्ड !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीमाथि इगिंत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिउँसै रात पार्ने काम भएको बताएका छन् । रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मुलुकमा भइरहेका विभिन्न किसिमका ष’ड्यन्त्रवि’रुद्ध जनता जागरुक हुनुपर्ने बताए । ‘यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्‍यो, जनता सबै उठ्नुपर्‍यो,’ प्रचण्डले भने ।

उनले मुलुकमा राजनीतिक स्थायित्व होस्, विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कु’ल्चिएको आ’रोप लगाए । कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि त्यसलाई मानेरै अगाडि बढ्ने उनको भनाइ थियो ।

‘जबकि त्यो रिट पर्‍या थियो, नामको वि’वादमा । एमाले र माओवादी अलग गरिदिनुपर्‍यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनुससम्म भन्ला भनेका थियौं हामीले, तर अनौठो भयो’, प्रचण्डले भने, ‘यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने, सहमत छैनौं भन्नचाहिँ पाइने । त्यसैले मानेरै अगाडि बढ्छौं ।’

धेरै ठूलो संघर्ष, बलिदानी र मेहनतपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै प्रचण्डले त्यसको रक्षा गर्न आफू लागिरहने बताए । रुकुमबाट आफू ऊर्जा लिएर काठमाडौं फर्किने उनको भनाइ थियो ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *