ईश्वर पोखरेललाई यस्तो जिम्मेवारी सुम्पिएर आफू विदा हुने ओलीको ‘प्लान’, विष्णु पौडेल र शंकर पोखरेलको आपत्ती !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / प्रधानन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना विश्वासपात्र ईश्वर पोखरेललाई भावी अध्यक्षमा प्रस्ताव गरेको बुझिएको छ । ओलीले रामबहादुर थापा बादललाई भावी उपाध्यक्षमा प्रस्ताव गरेको बताइएको छ ।

एमालेको बुटबलमा सम्पन्न पार्टीको नवौंं महाधिवेशनबाट पारित विधान संशोधनमा भएको ७० वर्षीय उमेरहदको प्राब्धान हटाए पनि ओलीले आगामी महाधिवेशनबाट अध्यक्षमा पोखरेललाई प्रस्ताव गरेको स्रोतको दाबी छ ।

साथै माओवादीबाट एमालेमा गएका थापालाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । उनले त्यही अनुसार तल्लो कमिटीमा प्रतिनिधि छनोटका लागि अहिलेदेखि नै व्यवस्था गर्न पोखरेललाई सुझाव दिएका छन् ।

ओलीले आगामी मंसिर २ देखि ६ गतेसम्म काठमाडौंमा एमालेको दशौं महाधिवेशनको मिति तय गराएका छन् । यद्यपि महाधिवेशन हुने नहुने अन्यौल रहेको छ । पार्टीभित्र माधव नेपाल, झलनाथ खनाल पक्षलाई बाहिर राखेर महाधिवेशन हुन नसक्ने अवस्था भए पनि ओलीले जसरी पनि पेलेर जाने मनस्थिति बनाएका छन् ।

पोखरेललाई अध्यक्ष प्रस्ताव गरिरहँदा उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले भने त्यसमा आपत्ति जनाएका छन् । उनीहरुले महाधिवेशनको मिति तोकिएको भएपनि पार्टीभत्रको राजनीति अन्यौल भएका कारण कोही कसैलाई अध्यक्ष तोकेर जाने अवस्था नभएको र पोखरेल नै पार्टीभित्र अध्यक्ष बन्ने अवस्था र परिस्थिति बनिनसकेको भन्दै आपत्ति जनाएका थिए ।

तर ओलीले ७० वर्षे प्रावधान हटाएपछि आफै अध्यक्ष बन्ने बाटो खोलिसकेका छन् । पार्टीभित्र त्यतिधेरै विश्वास नगरेका पात्र ईश्वर पोखरेललाई ओलीले हतारिएर किन अध्यक्षको प्रस्ताव गरेका हुन् भन्ने बारेमा केही बुझ्न नसकिएको भन्दै पौडेल र पोखरेल भने आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

महासचिवसमेत रहेका पोखरेलको समन्वयकारी भूमिका नभएको विगतमा संगठन विभाग प्रमुख भएपनि संगठनमा कुनै पनि प्रकारको होल्ड नभएको र कुनै पनि निर्णय गर्न सक्ने क्षमता नभएको तथा आर्थिक मामिलामा पनि स्वच्छ नभएका कारण उनीहरुले पार्टी अध्यक्ष बनाउन नसकिने धारणा राख्दै आफू निकटका नेताहरुसँग प्रधानमन्त्री ओलीले अध्यक्षको लागि तयार रहन गरेको आग्रह त्यति उपयुक्त नभएको निष्कर्ष निकालेका हुन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *