बादल फेरी माओवादी केन्द्रमै !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ – नेकपा माओवादी केन्द्रले पार्टी छाडेका सांसदहरुलाई का’रबाही गरेको छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पत्राचार गरी सांसद पद नै नरहने गरी नि’ष्काशन गरेको पत्र पठाएको छ ।

नि’ष्काशितहरुमा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशंकर चौधरी छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।

माओवादीले चारजना सांसदमाथि का’रबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । बादल माओवादी केन्द्र छाडी नेकपा एमालेमा बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् ।

उनी राष्ट्रिय सभा सांसद पनि हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद बनेका बादलमाथि का’रबाही नहुनुलाई अर्थपूर्ण मानिएको छ । कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ ।

उनी कतै माओवादी केन्द्रमै फर्कने सम्भावना त होइन रु तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनको फर्कने सम्भावना कम छ । बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।

प्रचण्ड संग मिल्दिन : नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् ।

उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए । उनले एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याइछाडने प्रतिवद्धतासमेत व्यक्त गरे।

उनले भने, ‘भोलि वैधानिक रुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ।

समाधान हामी निकाल्ने छौँ। त्यसो हुनाले बीचमा तपाईंहरुलाई छाड्ने छैनौँ। तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौँ। त्यो डुंङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने छौँ ।

लक्ष्यसम्म पुगिछाड्ने छौँ। त्यसो हुनाले आत्तिनुपर्ने केही छैन। नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे। त्यसक्रममा विभिन्न राजनीतिक दलहरुका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि उनले बताए।

उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ। नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौँ। उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।

अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनुभएको छ। हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौँ। हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन ।

तर यदी हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका वि’रुद्धमा हामी जुध्नका लागि तयार छौँ। यही संकल्पका साथ हामी यहाँ भेला भएका छौँ ।

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले बताए। आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको उनको भनाइ छ।

अहिले प्रचण्ड र अन्य दलहरुसँगको दूरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कु’ठाराघा’त गरिरहेको नेता नेपालले बताए।

केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए। आफूहरुमाथि कारबाही गर्दा घुँ’डा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि उनले बताए।

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए। २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको पनि उनले बतायो ।

अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताए । केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने उनको भनाइ छ।
यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *