मेलम्चीको पानी त आयो, तर पानी ल्याउने क्रममा ज्या’न गु’माएका इन्जिनियर र बे’पत्ता चालकबारे कसैले गरेनन बोल्ने कस्ट

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फु’ट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घ’टनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या’ न गु’माएका इन्जिनियर र बेप’त्ता चालकबारे कसैले बोल्ने ‘क’ष्ट’ गरेनन् ।

हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले श’ वबिनै गरिसकेको छ । श ‘व नभेटिँदै घ’टनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए ।

तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्‍याउने काम विभिन्न चरणमा चल्यो । घ’टना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्र’मणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घ’टनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधाकृष्णको श ‘व खोज्न चासो देखाएको थियो ।

आफन्तले घ’टनापछि ४–५ दिनसम्म सम्भावित स्थानमा श ‘व खोजेका थिए । तर समय बित्दै जाँदा खोजीको चासो पनि हट्दै गयो । राधाकृष्णको मृ ‘त्यु भएपछि आयोजनाको परामर्शदाताका रूपमा काम गरिरहेको स्पेनको इप्टिसा बेट्स जेभी कम्पनीका तर्फबाट संगमले रेकर्ड किपरको जागिर पाएका छन् ।

उनको परिवारलाई कम्पनीले कामदार बिमाबापतको १० लाख रुपैयाँ थमाएको छ । संगमले भने, ‘त्यसबाहेक अरू क्ष’तिपूर्ति वा सम्झिने कुनै काम भएको छैन ।’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर सतीशकृष्ण र सवारी चालक राधाकृष्ण दुवै सिनो हाइड्रोमार्फत काम गरेकाले आयोजनाले कुनै क्ष’तिपूर्ति नदिएको बताए । उनले भने, ‘उचित किसिमले सम्बोधन गरिदिनुहोला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *