सामाजिक सञ्जालबाट यस्तो कार्य गरे पाँच वर्षसम्म कै’द र १५ लाख ज’रिवाना !

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / बिहीबार सरकारले सूचना प्रविधिसम्बन्धी वि’वादास्पद विधेयकको प्रतिनिधि सभामा पेस गर्न लागेको छ । विधेयकमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्नेदेखि सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जि’स्क्याउने, हो’च्याउने, च’रित्र ह’त्या गर्ने वा गा’ली बेइ’ज्जती मानिने विषयवस्तु पोष्ट गरेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

सो विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका पार्टीहरुले संशोधनको माग गरिरहेका बेला सरकारले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा सो विधेयक पेस गर्ने तयारी गरेको हो ।

विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको सो विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागेको हो ।

अनलाइन र सामाजिक सञ्जालमा सरकार र मन्त्रीहरूको वि’रोधमा लेखेकै भरमा कै’द र ज’रिवानाको व्यवस्था गरिएपछि मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अं’कुश लगाउने खालका प्रावधान विधेयकमा राखिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *