२०७८ साल वैशाख १ गते देखि यी ५ राशिको चम्किन्छ भाग्य

राशिफल समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ : ग्रह गोचरका कारणले गर्दा यी पाँच राशिका मानिसहरूको समय राम्रो हुने भएको छ । उन्नति प्रगति, धन सम्पत्ति लगायत सबै कुराहरूले यी पाँच राशिलाई फाइदा नै फाइदा हुने छ ।
सबैभन्दा पहिले तुला राशि

राहु अष्टम भाव, केतु दोस्रो र बृहस्पति पञ्चम भावमा र शनि चौथो भावमा रहेको छ । राहु र केतु ले केही नकारात्मक अवस्था त दिन्छ तर, पनि समय बलवान् रहेको छ । बृहस्पतिले पञ्चम भावबाट धन सम्पत्ति लाभ हुने योग रहेको छ ।

शस नामन राजयोग रहेकाले । स्व राशि भएर शनि बसेका हुनाले यसले जमिन, जयदाज प्रशस्त रूपमा बढ्ने भएको छ । साढेसाति रहेको हुनाले शनिवार पिपलमा जल चढाउनु राम्रो हुन्छ ।

कर्कट राशि

शनि सप्तम भावमा स्वराशि भएको हुनाले यहाँ पनि स्व राजयोग रहेको छ । बृहस्पतिको केही नकारात्मकता रहेको देखिन्छ । एघारौँ घरमा राहु भएकाले अप्रत्याशित धनको योग रहेको छ ।

सेयर मार्केटबाट निकै फाइदा हुने बाला छ । अचानक धन हातपर्नेे योग रहेको छ । सन्तानबाट भने केही अशुभ अवस्थामा रहेको छ ।

मेष राशि

शनि पनि दसौँ भावमा रहेकाले यसले पनि स्व राशि भएका कारणले निकै राम्रो हुन भएको छ । यसले गर्दा निकै फाइदा हुने देखिन्छ । वैदेशिक रोजगारको पनि निकै राम्रो देखिन्छ ।

आफ्नै पेशाबाट फाइदा हुने छ । जागिरबाट पनि प्रमोसन हुने देखिन्छ। राहु धन भावमा रहेकाले धन निकै नाश हुन्छ । खर्च निकै हुन्छ र वेक्कारको बहस नगर्नु नै राम्रो हुन्छ ।

मकर राशि

साढे साति दशाले कम घाटा गराउने छ । बोली राम्रो बनाउँदै जाने छ । सच्चित धन निकै जोहो हुने देखिन्छ । लाभ प्रशस्त हुने छ । साझेजारी व्यवसायबाट पनि निकै फाइदा पुग्ने छ ।

जग्गा जमिन धन सम्पत्ति लगायत निकै प्रशस्त धन राशि प्राप्त हुने देखिन्छ । शुभ अवस्था रहेको छ । जोस र जाँगर प्रशस्त रूपमा प्राप्त हुने छ ।

मीन राशि

शस नामक राज योग त छैन तर, पनि समय निकै राम्रो रहेको छ । जोस र जाँगर प्रशस्त रूपमा प्राप्त हुने छ। तेस्रो भावको राहुले निकै राम्रो बनाउने छ । केही खर्च भने हुने छ । वैदेशिक यात्रा त्यत्ति राम्रो छैन । तर, आएको श्रोतहरू निकै नै रहेका छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *