सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के हुन्छ ?

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- बिहीबारको प्रतिनिधि सभा बैठकले पार्टीबाट का’रबाहीमा परेका चार सांसदलाई पद मुक्त गरेको छ ।

सर्वोच्च अदालतले नेकपा खारेजीको फै’सला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाली राजनीतिमा एउटा छुट्टै अध्याएको सुरुआत भएको थियो ।

त्यसलगत्तै माओवादी केन्द्रका केही सांसदहरु नेकपा एमालेतर्फ नै लागे । उनीहरू केहीको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पद जोगाए भने केहीलाई मन्त्री बनाए ।

अहिले उनीहरूको सांसद पद नै गएको छ । माओवादी छाडेर एमालेतर्फ लागेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको पद गएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र लेखेर उनीहरूले दल त्या’ग गरेको जानकारी गराइसकेका छन् ।

सोही जानकारीको आधारमा प्रतिनिधि सभाको बिहीबारको बैठकमा का’रबाहीमा परेका चार सांसद पद मुक्त भएको जानकारी गराएको हो ।

गत सोमबार संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई चार जना सांसदलाई का’रबाही गरिएको जानकारी गराएका थिए ।

उनीहरूलाई पुन नियुक्ति नगरे मन्त्री पद पनि जानेछ । सभामुखले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्या’ग गरेको सूचना सुनाएर पढेर सुनाएका थिए ।

मन्त्री पद के हुन्छ ?

सांसद पद गएसँगै उनीहरुको मन्त्री पदसमेत समाप्त भएको छ । प्रधानमन्त्रीले उनीहरुलाई पुनर्नियुक्ति नदिए उनीहरु मन्त्री पदमा रहने छैनन् ।

पुनर्नियुक्ति भएमा बढीमा ६ महिनासम्म उनीहरुले मन्त्री पदमा बस्न पाउनेछन् । त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्तरता पाउन सक्नेछन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *