प्रचण्डलाई नसोचेको धक्का , देउवाले प्रधानमन्त्रीबाट खुट्टा झिके !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल नयाँ सरकार बन्ने अवस्था नरहेको टिप्पणी गरेको छ । कांग्रेसकै नेता र पार्टीले नयाँ सरकार बनाउने निर्णय गरेपनि त्यसमा आवश्यक संख्या नपुग्ने सभापति शेरबहादुर देउवाले खुलासा गर्नुभएको हो ।

उहाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेकाले आफुले पहल नगरेको बताउनु भयो । ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ’ बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले भन्नुभयो, ‘संख्या निश्चित हुनुपर्‍यो, संख्या ।’

उहाले संख्या निश्चित भएपनि त्यो धोका हुने किसिमको हुन नहुने उहाको भनाई छ । सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर उसलाई पत्याउने अवस्था नरहेको टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उहाले भन्नुभयो, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त ! के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि ।’

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *