पवनदीपलाई कोरोना सं’क्रमण: इन्डियन आइडलमा हल्लीखल्ली

अन्तराष्ट्रिय मनोरञ्जन समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी- इन्डियन आइडलको जारी सिजनका प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको सं’क्रमण भएको छ । पवनदीप राजन इन्डियन आइडलका निकै नै लोकप्रीय प्रतियोगी हुन् ।

भरतीय सञ्चारमाध्यमका अनुसार पवनदीपलाई सं’क्रमण भएको जनाएका छन् । सं’क्रमित पवनदीप होटल क्वारेन्टाइनमा बसेको बताइएको छ ।

इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना भाइरसको सं’क्रमण भएपछि सबैको परीक्षण गर्दा पवनदीपमा सं’क्रमण पत्ता लागेको हो ।

पवनदीप सं’क्रमित भएपछि बाँकी प्रतियोगितामा त’नावको अवस्था बनेको छ । पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार हुन् । उनी गायन र वाद्यवादनसहित बहुमुखी प्रतिभाका कारण चर्चामा छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *