महन्थ ठाकुरको कदमले माओवादीमा रुवाबासी, संसदमै ठाकुरका अगाडि रो’ए माओवादी सांसद !

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गरे सत्ता सहकार्य गर्न पनि तयार भएपछि माओवादी केन्द्रमा रुवाबासी भएको छ।

जसपाको बहुमत टिम ओलीतिर लाग्दा माओवादीले चाहेजस्तो विपक्षीको गठबन्धन बन्ने छैन । यो बन्न नदिन ओलीले मधेसका मु’द्दा समाधानमा ग’म्भीरतापूर्वक चासो देखाएका छन् । यस्तो बेला ठाकुर अन्तर्वार्तामा पनि कांग्रेस र माओवादीवि’रुद्ध आ’क्रामक र प्रधानमन्त्री ओलीप्रति नरम देखिएका छन् । आफ्नै दलका उपेन्द्र यादव र बाबुराम भट्टराई प्रति पनि ठाकुर आ’क्रामक देखिन्छन्।

उनको आ’क्रामकताले माओवादी केन्द्रलाई ठहरै पारेको छ । यसको दृश्य बिहीवारको प्रतिनिधिसभा बैठकमा देखियो । बैठक शून्य समयमा माओवादी केन्द्रका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदले ठाकुरको नाम नै लिँदै हा’रगु’हार गरे।

ति सांसद हुन् सुरेशचन्द्र दास । उनले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दु’र्रभाग्यपुर्ण र रहस्यमय रहेको बताए । महन्थ ठाकुरले दिएको एक अन्तर्वार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उनले भने, ‘म ठाकुरजीसंग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता वि’रोधी सरकारमा जान चाहँदैन । संघीयता र गणतन्त्रवि’रोधी सरकारमा जान चाहदैन।’

उनले आफ्नो पार्टीको स्वार्थका लागि मधेसी जनताको नाम लिएर इमोसनल ब्याकमेल संसदमा गर्न खोजे। तर सबैको नाडी छामेर बसेका ठाकुरका लागि यो ठूलो कुरो होइन । तर यसले माओवादीभित्र महन्थप्रति भयंकर भय भने रहेको देखाउँछ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *