देउवाले एकाएक किन चाले यस्तो कडा कदम. ओली त’नावमा, प्रचण्ड मख्ख

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका हुन्।

देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् । एमाले बाहेकको​ सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ ।

यस्तै यता नेकपा माओवादी केन्द्र परित्या’ग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले का’रबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

आफ्नै निर्णयबाट पछि हट्यो सरकार

सामाजिक सञ्जाललाई अं’कुश लगाउने गरी ल्याइन लागेको सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्र’तिबन्ध लगाउन खोजेको भन्दै चर्को वि’रोध भएपछि सरकार एक कदम पछि हटेको हो ।

विहिबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने भनिएको थियो । एक वर्ष पहिले नै कांग्रेसको असहमतिका बीच समितिबाट बहुमतले पास भएको सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी थियो ।

विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसदहरुले विरोधपछि सरकार पछि हटेको हो । वरिष्ठ अधिवक्ता एवं कांग्रेस नेता राधेश्याम अधिकारीले कांग्रेसले यो विधेयक अघि बढाउन नदिने उल्लेख गरे ।

परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले वि’रोध गरेका थिए। नेताहरुका अनुसार सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले अन्तिमसम्म सूचनाप्रविधि विधेयकको प्रतिवेदन पेश गर्नैपर्ने अडान लिएका थिए ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश गर्ने उल्लेख थियो । विकास समितिबाट यो विधेयक पारित भएको १५ महिना नाघिसकेको छ ।

१३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचनाप्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । समितिबाट विधेयक पारित भएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक स’च्याउन माग गरेका थिए । तर, कांग्रेसको फरक मतलाई नसमेटेरै विधेयकको प्रतिवेदन पेस गर्न लागेपछि कांग्रेसले वि’रोध गर्दै आएको छ ।

विधेयकको प्रतिवेदनमा केही वि’वादास्पद व्यवस्थाहरु राखिएका छन् । कुनै व्यक्तिलाई जि’स्क्याउने, हो’च्याउने, घृ’णा वा द्वे’ष उत्पन्न गराउने, च’रित्र ह’त्या गर्ने वा गाली बे’इज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गर्न ब’न्देज लगाइने जस्ता व्यवस्था छन् । अन्यथा पाँच वर्षसम्म कै’द र १५ लाखसम्म जरिवाना हुने जस्ता कडा प्रावधान राखिएकोमा कांग्रेसलगायतका दलहरुले वि’रोध गर्दै आएका छन् ।

विधेयकको प्रतिवेदन अनुसार राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा ५ वर्षसम्म कै’द र १५ लाखसम्म जरिवाना हुनेछ । च’रित्रह’त्या गर्ने र राष्ट्रिय स्वाधीनतामा खलल पुग्ने सामग्री सरकारले हटाउन सम्बन्धित प्रयोगकर्तालाई निर्देशन दिन सक्ने व्यवस्था राखिएको छ ।

यी व्यवस्था सच्याएर मात्रै संसदमा विधेयकको प्रतिवेदन पेस गर्नुपर्ने कांग्रेस सांसदहरुले बताउँदै आएका छन् ।

सामाजिक सञ्जाललाई ‘नियमन’ गर्ने विधेयकमा के छ ?

प्रस्तावित विधेयकको परिच्छेद १४ मा सामाजिक सञ्जालसम्बन्धी दफा छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको मूल विधेयकको दफा ९१ को उपदफा १ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले विभागमा दर्ता गर्नुपर्ने, उपदफा ३ मा नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्ने व्यवस्था गरिएको छ ।

दफा ९२ मा कसैले ऐन बमोजिम कसुर ठहरिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सम्बन्धित सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिने प्रावधान राखिएको छ ।

दफा ९४ मा सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने कुराहरूको व्यवस्था गरिएको छ । उपदफा (क) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाईबिचको सुसम्बन्ध खलल पर्न सक्ने सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृ’णा, द्धे’ष वा अवहेलना उत्पन्न हुने कुनैपनि काम कारवाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दु’रुत्साहन दिन वा त्यस्तो काम गर्ने ष’ड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्नेजस्ता विषय स’म्प्रेषण गर्ने, जस्ता विषय सामाजिक सञ्जालमा लेख्नेलाई राज्य बि’रुद्धको क’सुर अन्र्तथगत का’रवाही गरिने व्यवस्था गरिएको छ ।

उपदफा (ख) मा जातीय भेदभाव वा छुवाछुतलाई दु’रुत्साहन दिने, श्रमप्रति अवहेलना गर्ने, अ’पराध गर्न दु’रुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानून बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रशारण जा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने कुनै कार्य गर्न वा गराउने ।

उपदफा (ग) मा कुनै व्यक्तिलाई जिस्काउने, झु’क्याउने, हो’च्याउने, ह’तोत्साही गर्ने, घृणा तथा द्वे’ष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गर्नेमाथि का’रवाही हुने व्यवस्था छ ।

उपदफा (घ) मा प्रचलित कानुनले बिक्री तथा वितरण गर्न नि’षेध गरेको सामग्री विक्री गर्न वा सो सम्बन्धमा विज्ञापन प्रकाशन, प्रशारण वा प्रदर्शन गर्न नपाइने उल्लेख छ ।

उपदफा (ङ) मा बिना तथ्य वा आधार कसैको च’रित्र ह’त्या गर्ने उद्देश्यले वा प्रचलित कानून बमोजिम गा’ली बे’इजति मानिने कुनै कार्य गर्ने जस्ता कार्यलाई गैरकानुनी ठ’हर गरिएको छ ।

उपदफा ख, ग र ङ अनुसारको क’सुर गरेमा १५ लाखसम्म जरिवाना, वा ५ बर्षसम्म कै’द वा दुबै स’जाय हुने व्यवस्था गरिएको छ ।

माथि उल्लेखित कार्यसँग सम्बन्धित विषय सामाजिक सञ्जालमा सम्प्रेषण भएको अवस्थामा त्यस्तो विषय तत्कालै हटाउन वा हटाउन लगाउनका लागि विभागले सामाजिक सञ्जाललाई निर्देशन दिने प्रावधान राखिएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *