ओली सरकारमा सहभागि हुने देउवाको तयारी, गृह मन्त्रालय आफूसँगै किन राख्दैछन् ?

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले सरकारलाई जोगाउने कसरतमा लागेका छन् । माओवादी केन्द्र र जसपाको एक धारले पटकपटक उनको राजिनामा माग्दै आएको छ ।

नेकपा एमालेकै माधव नेपाल पक्ष पनि उनीसँग असन्तुष्ट भएर समानान्तर समितिहरु बनाइरहेको छ । यसैबीच, वर्तमान परिप्रेक्ष्यमा बलियो र निर्णायक शक्तिका रुपमा देखिएको नेपाली कांग्रेसमा पनि दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवा ओलीसँगै सहकार्य गरेर चुनावमा जान चाहान्छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नेकपा माओवादीसँग सहकार्य गरी ओली सरकार तत्काल ढाल्ने मनसि्थतिमा देखिएको छ ।

देउवाको चाहाना भने फरक देखिन्छ । प्रधानमन्त्री ओलीकै नेतृत्वमा जतिसक्दो चाँडो चुनाव गराएर आफ्नो सरकार बनाउने दाउमा सभापति देउवा छन् ।

उनले चुनावमा हुने सम्भावित धाँधली रोक्न गृह मन्त्रालय आफूसँगै लिएर ओली सरकारमै सहभागी भएर चुनाव गराउने विकल्पमा पनि छलफल गरिरहेको स्रोतको दाबी छ । देउवा पार्टीमा आफू कसरी बलियो हुने र आउने महाधिवेशनमा कसरी सभापतिको पद जोगाउने भन्ने कुरामा चिन्तित रहेको र सोहीअनुसार आगामी कदम चाल्ने मुडमा देखिन्छन् ।

देउवा यस्तै सोचिरहेको कांग्रेस वृतमै चर्चा हुने गरेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *