कोरानावाट छोराछोरी जोगाउँ, एकै दिन ८१ बालबालिका सं’क्रमित

समाचार समाज स्वास्थ्य
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । कोरोनाको दोस्रो लहरले बालबालिका जो”खिममा परेका छन् । विद्यालयहरु कोरोनाको हट स्पट बन्दा बालबालिकाहरु जो’खिममा परेका छन् । पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना सं’क्रमित भएका हुन् । अघिल्लो चरणको कोरोना म’हामारी भन्दा दोस्रो लहरको कोरोना म’हामारीमा बालबालिका बढी सं’क्रमित भएका छन् ।

शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोफनाको ‘हट स्पट’ बनेको छ । ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै २ सय ८ जना कोरोना सं’क्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। हाल देशभर ५ हजार ८ जना सक्रिय सं’क्रमित रहेका छन्। देशभर हालसम्म कोरोनाबाट ज्यान गु’माउनेको संख्या ३ हजार ७० पुगेको छ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *