मन्त्रिपरिषद् बैठकको निर्णय: विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जो’खिम बढेको भन्दै शहरी क्षेत्रसहित सं’क्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने सरकारले निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना जो’खिम बढेसँगै बालबालिकामा सं’क्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको उनकाे भनाइ छ।

त्यसैगरी : गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *