प्रचण्ड र माधवको गोप्य भेट , ओलीलाई २७ गते प्रधानमन्त्रीबाट हटाउन यस्तो सहमति ! यस्तो छ अं’कगणित

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / यतिबेला देश कोरोनाको कहरले लपेटिरहेको छ । देशमा आंशिक लकडाउन छ । यता राजनीतिक दलहरु भने कुर्सीको दौडमा छन् । देशको राजनीतिले दिनप्रतिदिन नयाँ नयाँ मोडहरु लिन थालेको छ ।

यसैबीच, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका वरिष्ठ नेता माधव नेपालका बीचमा गोप्य भेटवार्ता भएको छ । माधव नेपालको निवास कोटेश्वरनजिकै रहेको व्यवसायी चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड र नेपालका बीचमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने गरी प्रतिनिधिसभाको बैठक आह्रवान गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिसका आधारमा राष्ट्रपतिले बैठक आह्रवान गरेपछि प्रचण्ड र नेपालका बीचमा पहिलोपटक भेटवार्ता भएको हो । ओलीले हिजो बसेको मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिन जाने निर्णय लिएका थिए ।

गत फागुन २३ गते एमाले र माओवादी केन्द्र अलग(अलग भएपछि सबैभन्दा अप्ठ्यारोमा माधव नेपाल पक्ष परेको थियो । नेपाल पक्ष एमालेमै रहेपनि ओलीको चेपुवामा पर्दै आएका छन् । ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्वन गरेका छन् ।

नेपालसहितका संघीय संसद्का ३० सांसदलाई सांसद् पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण समेत सोधिएको अवस्था छ । २७ जनालाई पहिले र पछि थप ३ जनालाई स्पष्टीकरण सोधिएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनका लागि सिंगो एमाले र जनता समाजवादी पार्टीको १५ सिट लिनुपर्ने हुन्छ । एमालेसँग संसद्को गणितमा १२१ सिट छ । तर राजनीतिक रुपमा त्यो संख्या विश्वासको मत लिने अवस्थामा रहन्छ या रहँदैन भन्ने कुरा नेपाल पक्षको निर्णयले निर्धारण गर्नेछ ।

ओलीले नेपाल पक्षलाई कारवाही गर्ने, नगर्नै भन्नेमा १० वैशाखको पार्टी महाधिवशेन आयोजक समितिको बैठकबाट स्थायी समितिमा अधिकार लिएर राखेका छन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमै विश्वासको मत लिने भएपछि नेपाल र ओली पक्षको लडाईंको छिनोफानो पनि त्यही दिन हुने अवस्था निम्तेको छ ।

ओलीले विश्वासको मत लिन सक्दा ओलीले सरकार आगामी थप एक वर्षसम्म ढुक्कैले चलाउनेछन् । तर विश्वासको मत लिन नसकेमा उनले फेरि प्रतिनिधिसभा विघटन गरेर मंसिरमा अर्ली चुनावको घोषणा गर्ने गरी जान चाहिरहेका छन् ।

यस्तो बेला ओलीको सम्भावित रणनीति र अब नेपाल पक्षले चाल्ने कदमका विषयमा दुई नेताबीच छलफल भएको स्रोतले बताएको छ ।

ओली पक्षले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिन लगाई पुनः एकल बहुमतको सरकारका नाममा गरिएको नियुक्तिका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि प्रचण्ड र नेपाल पक्ष एक भएका थिए । तर पछि अदालतले नेकपाको एकतालाई नै वदर गरेपछि भने छुट्टिएका नेपाल र प्रचण्डवीच पटक पटक यस्तै गोप्य संवाद हुँदै आएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *