ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृ’त्यु, आफन्तले समेत छोडेर हिँडेपछि मेडिकल अगाडी श’व अलपत्र

समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । धनुषामा एक युवाको उपचार नै नपाएर म’त्यु भएको छ । ससुराली आएका उनी अस्वस्थ्य भएपछि केही दिन घरमै राखेर उपचार गरिएको थियो । तर स्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लैजाँदा कुनै पनि अस्पतालले भर्ना लिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्यु भोग्नु परेको छ । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारले उपचार नै पाएनन् ।

कोरोना लागेको शं’काको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृ’त्यु भएको हो । पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोले ग्रसित परियार घरमै सामान्य उपचार गराइरहेका थिए। सास फेर्न कठिन भएपछि सोमबार साँझ उनको उपचार गर्दै गरेका बटेश्वरकै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका थिए ।

तर एम्बुलेन्स चालकले जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगे त्यहाँ वेड छैन भनेर फर्काइयो, उनले अन्य निजी अस्पतालमा पनि लगे तर कसैले पनि उनलाई भर्ना लिएनन् । बाध्य भएर उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमै फर्काएर ल्याए । उनको मेडिकल हल अगाडी नै निधन भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानेनन् ।

आर पी मेडिकल हलका सञ्चालक सुवोध साहले आफुले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको भएपनि त्यो सम्भव नभएका कारण उनको मृ’त्यु भएको बताए । बिरामीको मृ’त्यु भएपछि आफन्तहरुले समेत छाडेर गएका छन् । उनकै मेडिकल अगाडि युवकको श’व बे’वारिसे अवस्थामा छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *