माधव समूहका सांसद सामूहिक राजिनामा दिँदै, राजनीतिमा ठूलै उथलपुथलको सं’केत !

राशिफल समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेकै बेला माधव नेपाल पक्षले नयाँ रणनीति बनाएको चर्चा चलेको छ । माधव पक्षले आ’कस्मिक छलफलबाट आफ्ना सांसदहरुको राजीनामा गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् ।

प्रधानमन्त्री ओलीलाई बहुमतको लागि थप १५ सांसदको आवश्यक छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षधरले साथ दिने वचन दिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा जुटेका हुन् । तर, एमालेभित्रको आन्तरिक किचलोको कारण ओलीले बहुमत प्राप्त गर्ने सम्भावना नरहेको कतिपयको विश्लेषण छ । यसैबीच अब कसरी अघि बढ्ने ? भन्नेबारे छलफल गर्न माधव पक्षधर सांसदहरु आज छलफलमा जुटेका छन् ।

माधव नेपालपक्षधर उच्च स्रोतले जनाएअनुसार आजबाट आफ्नो पक्षधर २१ जना सांसदले राजीनामा दिने तयारी थालेका छन् । माधव पक्षले २१ जनाले राजीनामा दिए अब बहुमतको लागि १२४ मात्रै भए पुग्छ । नेपाली कांग्रेससँग ६१, नेकपा माओवादी केन्द्रसँग ४९ सांसद छन् । कांग्रेस र माओवादीको सांसद संख्या ११० पुग्छ । उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधरले मात्रै साथ दिए पनि बहुमत पुग्ने आँकलन गरिएको छ ।

नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीसामु पुगेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *