काठमाडौं उपत्यकाको नि’षेधाज्ञा ल’म्बियो

समाचार समाज स्वास्थ्य
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- काठमाडौं उपत्यकाको निषे’धाज्ञा लम्बिएको छ । कोरोनाभाइरसको सं’क्रमण र जो’खिमका कारण गरिएको नि’षेधाज्ञा एक साता थप भएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । नि’षेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले नि’षेधाज्ञा लगाउन सक्ने प्रावधान छ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा नि’षेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *